अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

  • बिहिबार, भदौ ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 266
    SHARES

चिनियाँ विदेशमन्त्री वाङ यीले आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच सम्भावित शिखर वार्ताको तयारी भइरहेका बेला अमेरिका र चीनबीचका अवरोध हटाउन आग्रह गर्नुभएको छ । उहाँले दुई देशबीचको सम्बन्धमा देखिएका मतभेदलाई उचित रूपमा व्यवस्थापन गर्दै उच्चस्तरीय संवादका लागि अनुकूल वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

चिनियाँ सरकारी प्रसारण संस्था सिसिटिभीका अनुसार विदेशमन्त्री वाङले बुधबार चीनका लागि अमेरिकी राजदूत डेभिड पड्र्युुसँग भेटवार्ता गर्दै दुवै पक्षले सकारात्मक विषयमा ध्यान केन्द्रित गर्न, मतभेदको उचित व्यवस्थापन गर्न र अनावश्यक हस्तक्षेप हटाउनुपर्नेमा जोड दिनुभयो ।

चीन–अमेरिका सम्बन्धले अझै विभिन्न जोखिम र चुनौती सामना गरिरहेको स्वीकार गर्दै उहाँले दुई देशबीच उच्चस्तरीय आदानप्रदानका क्रममा देखिएका अवरोध हटाउनुपर्ने बताउनुभयो ।

राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीले गत मेमा बेइजिङमा भेटवार्ता गरी द्विपक्षीय सम्बन्धलाई स्थिर राख्ने तथा नाजुक व्यापार युद्धविराम कायम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । त्यसपछि राष्ट्रपति ट्रम्पले राष्ट्रपति सीलाई सेप्टेम्बर २४ मा अमेरिकामा भेटवार्ताका लागि आमन्त्रण गर्नुभएको छ । यद्यपि चिनियाँ राष्ट्रपतिको भ्रमणको निश्चित मिति सार्वजनिक भएको छैन ।

यसबीच अमेरिका र चीनले एकअर्काविरुद्ध आर्थिक कदम चाल्न भने जारी राखेका छन् । अमेरिकाले चिनियाँ उत्पादनका रोबोट तथा चीनमा व्यापार र अन्य गतिविधिमा संलग्न अमेरिकी संस्थामाथि समेत प्रतिबन्ध लगाएको छ । आर्थिक तथा व्यापारिक विवाद कायम रहेकै अवस्थामा दुवै देशका राष्ट्रपतिबीच सम्भावित शिखर वार्तालाई सम्बन्ध सुधारको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी