मध्यस्थता प्रक्रियालाई सक्रिय बनाउन पाकिस्तानी सेना प्रमुख इरान भ्रमणमा

मध्यस्थता प्रक्रियालाई सक्रिय बनाउन पाकिस्तानी सेना प्रमुख इरान भ्रमणमा

  • आइतवार, भदौ ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 190
    SHARES

पाकिस्तानका शक्तिशाली सेना प्रमुख आसिम मुनीरले सोमबार तेहरानको भ्रमण गर्नुहुने इरानको विदेश मन्त्रालयले जानकारी दिएको छ ।

इस्लामाबादले मध्य पूर्व युद्धको समाधानका लागि मध्यस्थताको प्रयास गरिरहेको बेला यो भ्रमण हुन लागेको हो ।

मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले आइतबार विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “मुनीरले पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार तेहरान आउने कार्यक्रम तय भएको छ। यो भ्रमण ‘इरान–पाकिस्तान द्विपक्षीय सहयोग सुदृढ पार्ने प्रयासको अंश’ हो ।

यो ‘मध्यपूर्वमा शान्ति र सुरक्षा मजबुत बनाउन पाकिस्तानले गरिरहेको निरन्तर प्रयास’ का साथै दुईपक्षीय मित्रतालाई थप सुमधुर बनाउने कुटनीतिक अवसर हो ।

पाकिस्तानले इरान र अमेरिकाबीचको युद्ध रोक्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। जुन महिनामा उसले समझदारी पत्र (एमओयू) गराउन मध्यस्थता गरेको थियो। तर अहिले शान्ति वार्ता अवरूद्ध भएकोजस्तो देखिएको छ।

यस महिनाको सुरुमा पाकिस्तानले साउदी अरब र टर्कीसँग संयुक्त रक्षा सम्झौता गरेको थियो । केही विश्लेषकहरूले यसलाई इरानी प्रभावलाई सन्तुलनमा राख्ने उद्देश्यले गरिएको कदम भनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी