इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना

इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना

  • शनिबार, भदौ ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 380
    SHARES

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान विरुद्धको नयाँ आर्थिक प्रतिवन्दको अभियानको आलोचना गर्दै वाशिङ्गटनले अन्य देशहरूलाई अमेरिकी प्रतिबन्धहरूको पालना गर्न बाध्य पार्न खोजिरहेको बताउनुभएको छ ।

तेहरानसँग आर्थिक कारोबार गर्ने देशहरू, कम्पनीहरू र वित्तीय संस्थाहरूका लागि यसको परिणामहरू खतराजन्य रहेको भन्दै संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध अहिलेसम्मको सबैभन्दा कडा आर्थिक कारबाही सुरु गर्ने योजना बनाएको ट्रम्पले बताउनुभएको छ । उहाँले यस अभियानलाई उच्च स्तरको आर्थिक युद्ध भनेर वर्णन गर्नुभएको छ ।

बाघाईले सामाजिक सञ्जाल एक्समा यस्ता प्रतिबन्धहरू अन्य देशहरूमा अमेरिकाको बाह्य सार्वभौमत्वको दाबी बराबर भएकोसमेत बताउनुभएको छ ।

उहाँले वासिङ्टनलाई विदेशी बैङ्कहरू, कम्पनीहरू वा अन्य संस्थाहरूलाई इरानसँगको व्यापार रोक्न बाध्य पार्ने कुनै अधिकार नभएको उल्लेख गर्दै त्यस्ता गतिविधिहरू संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लेखित सार्वभौम समानताको सिद्धान्त विपरित रहेको बताउनुभएको छ ।

यसैगरी इरानी संसदको राष्ट्रिय सुरक्षा र विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले शुक्रबार वासिङ्टनले कूटनीतिको मर्म विपरितको प्रयास गरेको बताउनुभएको छ ।

संयुक्त राज्य अमेरिका र इरानबीच अन्तिम सम्झौताको लागि वार्ता गर्न तोकिएको ६० दिनको समयसिमा सोमबार कुनै सम्झौता बिना समाप्त भएपछि पछिल्लो तनाव आएको हो । दुवै पक्षले गत जून महिनामा शत्रुता अन्त्य गर्ने र वार्ताको लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले अन्तरिम ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी