युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु

युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु

  • शनिबार, भदौ ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 114
    SHARES

युक्रेनमा भएको रूसी आक्रमणमा कम्तिमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । अधिकारीहरुका अनुसार सपिङ सेन्टरमा भएको घातक आक्रमणको एक दिन पछि पुनः आक्रमण भएको हो ।

किएभको सैन्य प्रशासनले ब्यालेस्टिक मिसाइलको चेतावनी जारी गरेको केहि समय पछि राजधानीको डार्निट्स्की जिल्लाको गोदाममा आगलागी भएको रिपोर्ट गरेको छ । प्रारम्भिक जानकारीअनुसार, आक्रमणमा एकजनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको प्रशासनले जनाएको छ ।

क्षेत्रीय सैन्य प्रशासनका प्रमुखका अनुसार दक्षिणी शहर जापोरिझियामा भएको रूसी ड्रोन आक्रमणका कारण एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिवी रिहको व्यस्त सपिङ सेन्टरमा भएको ड्रोन आक्रमणमा १६ जनासहित शुक्रबार भएको शृखलाबद्ध रूसी बम विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको जनाइएको छ ।

क्षेत्रीय सैन्य गभर्नर ओलेक्सान्डर गान्जाका अनुसार रातभरि उद्धार कार्य जारी रहेको थियो भने दुई बच्चासहित नौ जना बेपत्ता भएको रिपोर्ट गरिएको छ ।

आक्रमणमा २३ बालबालिका सहित १३० जना घाइते भएको उद्धार तथा राहत सेवाले जनाएको छ ।

यस वर्ष आक्रमणमा उच्च सङ्ख्यामा नागरिकको मृत्यु भएको सयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

युक्रेनी सेनाहरूले ब्यालिस्टिक मिसाइलहरू रोक्न ससङ्घर्ष गरिरहेको समयमा रूसले आफ्नो आक्रमणहरू बढाउँदा किएभले आफ्ना सहयोगीहरूलाई थप समर्थनका लागि बारम्बार अपिल गरेको छ ।

दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्न वार्ताको टेबलमा आउन मस्कोलाई दबाब दिन युक्रेनले हालैका महिनाहरूमा रूस माथि प्रतिशोधात्मक आक्रमणहरू बढाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी