मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

  • शुक्रबार, भदौ ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 190
    SHARES

जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रका दुई वटा सहरमा १५९ जनाको मृत्यु हुनुका साथै १० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले शुक्रबार घोषणा गरेका छन् ।

प्रभावित सहरहरूमा आयोजित प्रकोपपछिको उद्धार तथा निर्माण कार्यक्रमको तथ्याङ्कअनुसार चक्रवात मेसाकले निम्त्याएको भारी वर्षाले गर्दा आएको बाढीले क्षेत्रीय राजधानी नान्निङ र गुइगाङ्गमा १६ लाख ५० हजारभन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।

यी दुई सहरले विपत्ति पछिको पुनःप्राप्ति र पुनर्निर्माणका साथै विपद् रोकथाम, न्यूनीकरण र राहत क्षमता बढाउनमा आफ्नो ध्यान केन्द्रित गरिरहेको जनाएका छन् ।

जुलाईको सुरुमा ऐतिहासिक रूपमा लामो समयसम्म भएको भारी वर्षाले गुआङ्सीलाई सताएको थियो भने मेसाक चक्रवातले यस क्षेत्रलाई बगाएर गम्भीर बाढी निम्त्यायो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी