हङ्गेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु

हङ्गेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु

  • आइतवार, साउन ३१, २०८३
  • मिर्मिरे अनलाइन

  • 684
    SHARES

हङ्गेरीमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन् । प्रहरीले बस चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने जनाएको छ ।
पोल्यान्डको नम्बर प्लेट भएको उक्त बस हङ्गेरीको एम–३ राजमार्गमा पूर्वतर्फ गइरहेको अवस्थामा स्थानीय समयअनुसार बिहान करिब १ः०० बजे मेजोकरेसतेस सहरनजिकै सडकबाट तल खसेर खाल्डोमा पल्टिएको प्रहरीले जनाएको छ । उक्त स्थान राजधानी बुडापेस्टबाट करिब १४० किलोमिटर पूर्वमा पर्छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा चालक निदाएका कारण बस अनियन्त्रित भएको हुन सक्ने देखिएको छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।
पोल्यान्डका विदेशमन्त्री रादोस्लाव सिकोस्र्कीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत हङ्गेरीमा पोल्यान्डका पर्यटक सवार बस दुर्घटनामा परेको जानकारी दिँदै आफ्नो मन्त्रालय हङ्गेरीका अधिकारीहरूसँग सम्पर्कमा रहेको बताउनुभएको छ ।
पोल्यान्डका राष्ट्रपति कारोले नाभ्रोस्कीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवार तथा आफन्तप्रति समवेदना प्रकट गर्नुभएको छ ।
हङ्गेरीका प्रधानमन्त्री पेतर म्याग्यारले सामाजिक सञ्जालमार्फत दुर्घटनामा कम्तीमा १० जना गम्भीर घाइते भएको बताउनुभयो । उहाँले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनास्थलमा खटिएका उद्धारकर्मीलाई धन्यवाद दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी