रुससँगको सम्बन्धको भविष्यप्रति किम जोङ–उन आशावादी

रुससँगको सम्बन्धको भविष्यप्रति किम जोङ–उन आशावादी

  • आइतवार, साउन ३१, २०८३
  • मिर्मिरे अनलाइन

  • 760
    SHARES

उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको बताउनुभएको छ । दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गर्न पाउनुमा आफूलाई गर्व लागेको उहाँले बताउनुभएको हो ।
आधिकारिक कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार, कोरियाली ‘मुक्ति दिवस’को ८१औँ वार्षिकोत्सवका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पठाएको शुभकामना सन्देशको जवाफ दिँदै किमले शनिबार यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
किमले पुटिनको नेतृत्वमा रुसी सेना र जनताले आफ्नो सार्वभौमिकता, सुरक्षा हित तथा क्षेत्रीय अखण्डताको रक्षा गर्दै शक्तिशाली रुस निर्माणको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले रुसी राष्ट्रपतिको कार्यकालमा थप सफलताको कामनासमेत गर्नुभयो ।
उत्तर कोरियाले सन् १९४५ अगस्त १५ मा जापानी औपनिवेशिक शासनबाट कोरियाली प्रायद्वीप मुक्त भएको दिनको सम्झनामा हरेक वर्ष अगस्त १५ लाई ‘मुक्ति दिवस’का रूपमा मनाउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी