लेबनानमा इजरायली आक्रमण, सात जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, सात जनाको मृत्यु

  • शनिबार, साउन ३०, २०८३
  • मिर्मिरे अनलाइन

  • 760
    SHARES

दक्षिणी लेबनानमा शनिबार भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु भएको लेबनानी मिडियाले जनाएको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले शनिबार अन्सार गाउँको बाहिरी भागमा इजरायली लडाकु विमानले आवासीय घरमा गरेको आक्रमणमा सात जनाको मृत्यु हुनुका सथै अन्य तीन जना घाइते भएको रिपोर्ट गर्दै इजरायलले दक्षिणमा आफ्नो आक्रमण बढाएको बताएको छ ।

आक्रमणले एउटा घर ध्वस्त पारेको र आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषबाट निकालेर घाइतेहरूलाई अस्पताल लगिरहेको एजेन्सीले रिपोर्ट गरेको छ ।

यस अघि हेजबुल्लाहले लेबनानलाई आफ्नो समर्थक इरानको समर्थनमा इजरायलमा रकेट प्रहार गरेर मार्चमा मध्य पूर्व युद्धमा तानेको थियो ।

जसको इजरायलले भारी हवाई तथा मिसाएल आक्रमणको साथ प्रतिक्रिया दिँदा चार हजार ३०० भन्दा बढी मानिसहको मृत्यु भएको लेबनानी अधिकारीहरूले बताएका छन् ।

मध्यपूर्व युद्धमा गत जुनमा अमेरिका–इरान समझदारी पत्रमा हस्ताक्षर भएसँगै लेबनान र इजरायलबीच अमेरिकी मध्यस्थतामा सम्झौता सफल भएपछि द्वन्द्व उल्लेखनीय रूपमा घटेको जनाइएको छ ।

यद्यपि लेबनानले अझै पनि इजरायली आक्रमणले कहिलेकाहीँ हताहत हुने गरेको र दक्षिणी गाउँ र सहरहरूमा नागरिक सम्पतीकोको व्यापक विध्वंसको रिपोर्ट गरिरहेको छ ।

एनएनएले अन्सार र जरारियाह बीचको उपत्यकामा पनि आक्रमण भएको जनाएको छ ।

इजरायली लडाकु विमानहरूले नबातीह क्षेत्रलाई रणनीतिक पाहाड अली अल–ताहेर रिजलाई लक्षित गरी शृङ्खलाबद्ध हवाई आक्रमण गरेको रिपोर्ट गरिएको छ ।

इजरायली सेनाले सीमा नजिकैको बिन्ट जेबिल सहरका घरहरूमा विस्फोट गरेको समाचार एजेन्सीले जनाएको छ ।

इजरायल–लेबनान सम्झौतामा हेजबुल्लाहको निः शस्त्रीकरण, दक्षिण लेबनानबाट इजरायली सेनाको क्रमिक फिर्ती लगायतका विषय समावेश गरिएको छ ।

हिजबुल्लाहका प्रमुख नईम कासिमले शुक्रबार लेबनानी अधिकारीहरूलाई सम्झौता कार्यान्वयन गरेर देशको सशस्त्र सेनालाई अनावश्यक दबाबमा पारेको आरोप लगाएको जनाइएको छ ।

मानवअधिकार बादीहरुले संयुक्त राष्ट्रसङ्घलाई लेबनानको शान्ति रक्षकहरूको जनादेश यस वर्षका लागि समाप्त भएपछि अन्तरराष्ट्रिय नेतृत्व कायम राख्न आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी