‘होर्मुज स्ट्रेटलाई छिट्टै अमेरिकी क्षेत्र घोषणा गर्छौँ’ : ट्रम्प, ट्वीट र युद्धपोतले हर्मुज कब्जा गर्न संभव नरहेको ईरानको चेतावनी

‘होर्मुज स्ट्रेटलाई छिट्टै अमेरिकी क्षेत्र घोषणा गर्छौँ’ : ट्रम्प, ट्वीट र युद्धपोतले हर्मुज कब्जा गर्न संभव नरहेको ईरानको चेतावनी

  • शनिबार, साउन ३०, २०८३
  • मिर्मिरे अनलाइन

  • 893
    SHARES

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य (Strait of Hormuz) लाई छिट्टै ‘अमेरिकी क्षेत्र’ घोषणा गर्ने दाबी गरेका छन्।

न्युयोर्कमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले भने, “इरानलाई पराजित गरेपछि म होर्मुज जलडमरूमध्यलाई अमेरिकी क्षेत्र घोषणा गर्नेछु।” यद्यपि, उनले यो कदम कहिले र कसरी चालिनेछ भन्ने विषयमा कुनै स्पष्ट खाका प्रस्तुत गरेनन्।

ट्रम्पको यस अभिव्यक्तिप्रति इरानले तीव्र आपत्ति जनाएको छ। इरानका उपविदेशमन्त्री काजेम गरीबाबादीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कुनै पनि धम्की, सैन्य तैनाथी वा राजनीतिक घोषणाका भरमा होर्मुज जलडमरूमध्यमाथि कब्जा जमाउन नसकिने बताएका छन्।

गरीबाबादीले भने, “होर्मुज जलडमरूमध्यमाथि न त कुनै ट्विट, न त विमानवाहक युद्धपोत, न कुनै कार्यकारी आदेश वा चुनावी भाषणले कब्जा गर्न सकिन्छ। इरान यस्ता धम्की वा शक्ति प्रदर्शनबाट डराउँदैन।”

होर्मुज जलडमरूमध्य मध्यपूर्वी खाडी मुलुकहरूबाट इन्धन र प्राकृतिक ग्यास निर्यात गर्ने मुख्य समुद्री मार्ग हो। विश्वको कूल ऊर्जा व्यापारको करिब २० प्रतिशत हिस्सा यही मार्ग भएर ओसारपसार हुने गर्दछ। अमेरिका र इरानबीचको बढ्दो तनाव तथा समुद्री क्षेत्रमा भएका आक्रमणका कारण यस जलमार्ग भई हुने व्यापारिक जहाजी आवागमनमा ठूलो गिरावट आएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी