ग्वादरमा बलोच प्रदर्शनकारीको प्रतिरोधपछि पाकिस्तानी सेना पछि हट्यो

ग्वादरमा बलोच प्रदर्शनकारीको प्रतिरोधपछि पाकिस्तानी सेना पछि हट्यो

  • शुक्रबार, साउन २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 817
    SHARES

पाकिस्तानको बलोचिस्तानस्थित ग्वादरमा बलोच प्रदर्शनकारीहरूको कडा प्रतिरोधपछि पाकिस्तानी सेना पछि हटेको छ। प्रदर्शनकारीलाई हटाउन खटिएका पाकिस्तानी सैनिकहरू बलोचहरूको भारी भीड देखेपछि सवारीसाधनमा चढेर भाग्न बाध्य भएको भिडियो सार्वजनिक भएको छ।

विदेशमा रहेका बलोच विद्रोही नेता मीर यार बलोचले सामाजिक सञ्जालमा उक्त भिडियो सेयर गर्दै ग्वादरमा स्थानीय नागरिकको दबाबका कारण सेना पछि हटेको दाबी गरेका छन्। भिडियोमा बलोच प्रदर्शनकारीहरूको ठूलो समूह सेनाको गाडीतिर अघि बढेपछि सैनिकहरू हतार-हतार ट्रकमै चढेर फर्किएको देखिन्छ।

बलोच प्रदर्शनकारीहरूले लामो समयदेखि ग्वादरमा चिनियाँ प्रभुत्व र कब्जाको विरोध गर्दै आएका छन्। पाकिस्तान सरकारले ग्वादरको ठूलो भूभाग चीनलाई सुम्पेको, स्थानीयलाई आफ्नै क्षेत्रमा आवतजावतमा रोक लगाएको र परम्परागत रूपमा माछा मार्दै आएका स्थानीय माझीहरूलाई विस्थापित गरी चिनियाँ ट्रयाङ्कहरूले माछा मार्न थालेको भन्दै उनीहरू आक्रोशित छन्।

चीन-पाकिस्तान आर्थिक करिडोर (CPEC) को मुख्य केन्द्रबिन्दु मानिएको ग्वादरमा चीनले विशाल बन्दरगाह निर्माण गरिरहेको छ। चीनले उक्त क्षेत्रबाट सीधा सडक मार्ग भई आफ्नै सिन्जियाङ प्रान्तसम्म सामान पुर्‍याउने र सानो नौसैनिक अड्डा समेत स्थापना गर्ने तयारी गरिरहेको छ, जसको स्थानीय बलोच समुदायले निरन्तर विरोध गर्दै आएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी