अमेरिका– इरान संवादलाई सहज बनाउन निरन्तर प्रयासरत पाकिस्तान

अमेरिका– इरान संवादलाई सहज बनाउन निरन्तर प्रयासरत पाकिस्तान

  • बुधबार, साउन २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 57
    SHARES
iran-america

पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउन र इस्लामाबाद समझदारी ज्ञापनपत्र (एमओयू) लाई अगाडि बढाउन मद्दत गर्न निरन्तर प्रयास गरिरहेको जनाएको छ ।

पत्रकारहरुसँगको साप्ताहिक साक्षतकारमा बोल्दै पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले पाकिस्तान वार्ता र कूटनीतिका माध्यमबाट सङ्कट समाधान गर्न सहयोग गर्ने निरन्तर प्रयासरत रहेको बताउनुभएको हो ।

पाकिस्तान शान्तिका लागि आशावादी रहेको बताउँदै उहाँले तनाव बढेपछि पनि अमेरिका र इरानले वार्ता गरिरहेको बताउनुभएको छ ।

अन्द्राबीले जारी चुनौतिहरूको बाबजुद इस्लामाबादले शान्ति प्रवद्र्धन गर्ने प्रयासहरू जारी राख्ने कुरामा जोड दिँदै पाकिस्तान बढ्दो तनावबाट निरुत्साहित नभएको र स्थितिमा सुधार हुँदा आशावादी रहेको बताउनुभएको छ ।

बाँकी चुनौतीहरूको समाधान गर्ने उद्देश्यले रचनात्मक वार्ताको निरन्तरता सुनिश्चित गर्न पाकिस्तानले प्रत्यक्ष र अप्रत्यक्ष माध्यमबाट विरोध गर्नेहरुको प्रयासलाई प्रतिरोध जारी राख्ने प्रवक्ता अन्द्राबीले बताउनुभएको छ ।

पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नकवी हाल इरानको भ्रमणमा हुनुहन्छ जहाँ उहाँले इरानी नेतृत्वसँग शान्ति प्रयास र द्विपक्षीय सम्बन्धबारे छलफल गरिरहको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी