भारतमा भएका दुई वटा छुट्टा –छुट्टै सडक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको स्थानीय अधिकारीहरूले बुधबार पुष्टि गरेका छन् ।
भारतको दक्षिणी राज्य तेलङ्गानामा मालबहाक गाडीले तिन पाङ्ग्रे सवारीमा ठक्कर दिँदा पाँच जना महिलासहित छ जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
यसैबीच, भारतको मध्य प्रदेशमा भरिएको नालाले यात्रु बहाक गाडी बगाउँदा एउटै परिवारका छ जनासहित नौ जनाको मृत्यु भएको जनाइएको छ । एक जना स्थानीय अधिकारीले यस क्षेत्रमा भारी वर्षा भएको कारण नाला भरिएको जनाउनु भएको छ । गाडीमा रहेका ११ जना मध्ये दुई जना पौडी खेलेर सुरक्षित स्थानमा पुग्न सफल भएको समेत उहाँले बताउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline