ईरानी हमलाको डरले ट्रम्प क्याटरिङ ट्रक चढेर अर्को विमानमा पुगेको पुष्टी

ईरानी हमलाको डरले ट्रम्प क्याटरिङ ट्रक चढेर अर्को विमानमा पुगेको पुष्टी

  • बुधबार, साउन २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 760
    SHARES

काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा आयोजित नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित सुरक्षा खतराका कारण गोप्य रूपमा जहाज परिवर्तन गरिएको पुष्टि गरेका छन्।

सम्भावित खतराका कारण गोप्य रूपमा जहाज फेरिएको खबर सार्वजनिक भएपछि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, सेक्रेट सर्भिस र सेनाले मलाई अर्कै उडान र अर्कै विमानमा लैजान चाहेका थिए। उनीहरूले जे भन्छन्, मैले त्यही पालना गर्नुपर्ने हुन्छ। गएको जुलाई ८ तारिखमा ट्रम्प टेलिभिजन क्यामेराहरूकै अगाडि आफ्नै विशेष विमान ुएयर फोर्स वनुमा चढेका थिए। तर पछि विमानको अर्कातर्फबाट खाना ढुवानी गर्ने ुक्याटरिङ ट्रकुको सहयोगमा उनलाई गोप्य रूपमा सैन्य विमानतर्फ लगिएको प्रतिवेदनहरू सार्वजनिक भएका छन्। अन्तिम समयमा गरिएको यो गुप्त परिवर्तनपछि राष्ट्रपतिलाई छाडेर सोही विमानमा यात्रा गरिरहेका अरू यात्रु तथा पत्रकारहरू जोखिममा परेका थिए कि भन्ने प्रश्न उठेको छ। तर ट्रम्पले मङ्गलबार प्रतिक्रिया दिँदै आफू चढेको सैन्य विमान नै अझ बढी जोखिममा रहेको दाबी गरे।

अमेरिकी अधिकारीहरूका अनुसार इरानले ट्रम्प चढेको विमानमा मिसाइल प्रहार गर्ने विश्वसनीय सुरक्षा खतरा पत्ता लागेपछि यो कदम चालिएको हो। यस गुप्त अपरेसनका कारण विमानमा सवार पत्रकार र ह्वाइट हाउसका केही कर्मचारीलाई समेत राष्ट्रपतिलाई झुक्याएर अर्को विमानबाट सुरक्षित निकालिएको पत्तै थिएन।

यसअघि पनि ट्रम्पले अङ्कारा सम्मेलनका क्रममा आफू इरानको पहिलो निशानाूमा रहेको बताएका थिए। ओहायोमा आयोजित एक कार्यक्रमबाट फर्किने क्रममा उनले भने,मलाई लाग्छ त्यहाँ कुनै खतरा थियो। मैले त्यसबारे धेरै चासो राखिनँ, किनकि मलाई धेरै किसिमका धम्कीहरू आइरहन्छन्, जुन तपाईँहरूलाई थाहै हुँदैन। अमेरिका र तेहरानबिचको वार्ता भङ्ग भई पुनः सैन्य तनाव बढेको भोलिपल्टै गत महिना यो गुप्त अपरेसन चलाइएको थियो। ट्रम्प कतारले उपहारस्वरूप दिएको नयाँ बोइङ ७४७-८ विमानबाट टर्की पुगेका थिए, तर फर्किँदा भने पुरानो सम्झनाका लागिू भन्दै पुरानै एयर फोर्स वनबाट फर्किने घोषणा गरेका थिए।तर, मिडिया क्यामेरामा एयर फोर्स वन चढेको देखिए पनि वासिङ्टन पोस्टका अनुसार उनी विमानको अर्को तर्फबाट क्याटरिङ ट्रकमा चढेर सुटुक्क सैन्य विमानतर्फ लागेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ