इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प

इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प

  • मङ्लबार, साउन २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग शतप्रतिशत अमेरिकी नियन्त्रणमा भएको दाबी गर्दै इरानले गरेको क्षतिको क्षतिपूर्ति इरानले तिर्नुपर्ने बताउनुभएको छ ।

ओभल अफिसमा पत्रकारहरूसँगको साक्षात्कारमा बोल्दै ट्रम्पले स्ट्रेट अफ हर्मुजमा अमेरिकी नौसेनाको नाकाबन्दी कायम रहेको र जलमार्ग अमेरिकी नियन्त्रणमा रहेको बताउनुभएको हो । इरानसँगको असमझदारीका बारेमा बोल्दै ट्रम्पले तेहरानले अमेरिकी कारबाहीका कारण भएको क्षतिपूर्तिको माग गरेको उल्लेख गर्दै वासिङ्टनले पनि इरानसँग क्षतिपूर्तिको माग गर्ने बताउनुभयो ।

यसअघि, ट्रम्पले देशमा अमेरिका–इजरायली सैन्य कारबाहीका क्रममा भएको आर्थिक क्षतिपूर्तिका लागि इरानको मागलाई अस्वीकार गर्दै यसको सट्टा तेहरानलाई आफ्नै कार्यका कारण हुने हताहतका लागि जवाफदेही बनाउनुपर्ने बताउनुभएको थियो ।

सामाजिक सञ्जालमा क्षतिपूर्तिका लागि इरानको मागलाई ‘रोचक विचार’ का रूपमा वर्णन गर्दै ट्रम्पले भविष्यको कूटनीतिक वार्तामा अमेरिकाको प्रति–माग प्रस्तुत गर्ने सङ्केत गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी