सिरियाका पूर्वराष्ट्रपति बसर अल-असदलाई मृत्युदण्डको सजाय

सिरियाका पूर्वराष्ट्रपति बसर अल-असदलाई मृत्युदण्डको सजाय

  • मङ्लबार, साउन २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 95
    SHARES

काठमाडौँ — सिरियाको एक अदालतले पूर्वराष्ट्रपति बसर अल-असद, उनका भाइ माहेर अल-असद र भतिजा आतेफ नजिबलाई मृत्युदण्डको सजाय सुनाएको छ। करिब १४ वर्ष लामो गृहयुद्धका क्रममा मानवताभूमिसम्बन्धी गम्भीर अपराध गरेको ठहर गर्दै दमास्कसस्थित आपराधिक अदालतले उनीहरूलाई मृत्युदण्डको फैसला सुनाएको हो।

सन् २०२४ मा सत्ताच्युत भएपछि हाल रुसमा निर्वासनमा रहँदै आएका ५-असदलाई अदालतले योजनाबद्ध हत्या, यातना र मानवता विरुद्धको अपराधमा दोषी ठहराउँदै उहाँको अनुपस्थितिमै (अदालतमा उपस्थित नभएको अवस्थामा) यो सजाय सुनाएको हो। उहाँका भाइ माहेर अल-असदलाई पनि सोही अभियोगमा अनुपस्थितिमै मृत्युदण्डको फैसला गरिएको छ।

यसैगरी, गत वर्षको जनवरीमा पक्राउ परेका सिरियाको डेरा प्रान्तका पूर्व सुरक्षा प्रमुख आतेफ नजिबलाई भने अदालतको कठघरामै उपस्थित गराई मृत्युदण्डको सजाय सुनाइएको छ। सन् २०११ मा डेरामा प्रदर्शनकारीमाथि भएको दमनका मुख्य योजनाकार मानिने नजिबमाथि १५ वर्षमुनिका बालबालिकाको हत्या र यातना दिएर ज्यान लिएको गम्भीर आरोप सिद्ध भएको छ।

सिरियामा नयाँ सङ्क्रमणकालीन सरकार गठन भएपछि पूर्वसत्ताका उच्च अधिकारीहरूमाथि मुद्दा चलाएर मृत्युदण्डको फैसला सुनाइएको यो पहिलो घटना हो।

अदालतका न्यायाधीश अल-आरियानका अनुसार पूर्वराष्ट्रपति असद नै राज्य संयन्त्रको दुरुपयोग गरी भएका सम्पूर्ण अपराधका मुख्य निर्णयकर्ता रहेको प्रमाणहरूले पुष्टि गरेका छन्।

वर्षौँदेखि दमन, यातना र विस्थापन भोगेका सिरियाली जनताले यो फैसलालाई न्यायको सुरुवातका रूपमा लिँदै राहत महसुस गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी