अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफैँ पहल गरेर अमेरिकासँग वार्ताका लागि आग्रह गरेको दाबी गरेका छन्।
राष्ट्रपति ट्रम्पले इरानी पक्षबाट आफूलाई फोन गरी कुराकानीको प्रस्ताव आएको दाबी गर्दै भने, “इरानले मलाई फोन गरेर भन्यो— ‘वार्ता गरौँ’। यदि इरान सहमतिमा आयो भने यो उसकै लागि राम्रो हुनेछ।”
ट्रम्पले इरानसँगको सम्भावित सम्झौता र वार्ताको दिशामा उल्लेखनीय प्रगति भइरहेको दाबी गर्दै आगामी ४८ घण्टाभित्र समग्र स्थिति स्पष्ट हुने बताएका छन्।
इरानद्वारा ट्रम्पको दाबीको खण्डन: ‘अमेरिकासँग कुनै वार्ता भएको छैन’
राष्ट्रपति ट्रम्पको यस्तो दाबी सार्वजनिक भएलगत्तै इरानले भने त्यसको खण्डन गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएन (CNN) का अनुसार इरानी अधिकारीहरूले अमेरिकासँग कुनै पनि किसिमको वार्ता वा संवाद नभइरहेको प्रस्ट पारेका छन्।
इरानका अनुसार रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘होर्मुज स्ट्रेट’ (Hormuz Strait) हुँदै नयाँ जलमार्ग सञ्चालनका विषयमा मात्रै ओमानसँग छलफल भइरहेको छ। इरानले यस प्रक्रियामा अमेरिका वा कुनै पनि तेस्रो पक्षले हस्तक्षेप गर्न नहुने चेतावनी दिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline