डिसेम्बरमा बंगलादेश फर्किने हसिनाको घोषणा

डिसेम्बरमा बंगलादेश फर्किने हसिनाको घोषणा

  • बिहिबार, साउन २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेकी छन्। बुधबार साँझ भारतबाटै अडिओ माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो घोषणा गरेकी हुन्।

यसअघि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा डिसेम्बरमा फर्किने योजना सुनाएकी हसिनाले यसपटक भने आफैँले औपचारिक घोषणा गरेकी हुन्।

‘म मेरा नागरिकहरूकहाँ फर्कन्छु। पहिले पनि कैयौँ पटक गिरफ्तार भइसकेकी छु र देश फर्किएकी थिएँ। मलाई लोकतन्त्र र धर्मनिरपेक्ष व्यवस्थाप्रति अझै भरोसा छ,’ उनले भनिन्। स्वदेश फर्कने निश्चित तारिख र समय भने पछि सार्वजनिक गर्ने उनले बताएकी छन्।

बंगलादेशमा १५ वर्ष लगातार सत्ता सम्हालेकी हसिना सन् २०२४ जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोहपछि पदत्याग गरी भारत शरण लिन पुगेकी थिइन्। विद्रोहका क्रममा हिंसात्मक दमन गरेको आरोपमा उनीमाथि मानवता विरुद्धको अपराधको अभियोग लगाइएको थियो। सोही मुद्दामा गत नोभेम्बरमा त्यहाँको विशेष न्यायाधीकरणले उनलाई मृत्युदण्डको सजाय सुनाइसकेको छ।

बंगलादेश सरकारले हसिनालाई सुपूर्दगी गर्न भारतसमक्ष पटक-पटक आग्रह गर्दै आए पनि भारतले स्वीकार गरेको थिएन। तर, अब भने हसिना स्वयंले स्वदेश फर्कने निर्णय सार्वजनिक गरेकी हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी