सैन्य ‘कू’ पछि पहिलो पटक सु चीको विदेशी प्रतिनिधिसँग भेट

सैन्य ‘कू’ पछि पहिलो पटक सु चीको विदेशी प्रतिनिधिसँग भेट

  • सोमवार, साउन १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

म्यानमाकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुचीले सोमबार अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) का प्रतिनिधिसँग भेटवार्ता गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि सु ची र कुनै विदेशी प्रतिनिधिबीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता हो ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “म्यानमास्थित आइसीआरसीका आवासीय प्रतिनिधि आर्नोद डे बाकले आज बिहान दाव आङ सान सु चीलाई भेट गर्नुभयो ।”

सेनाले सन् २०२१ फेब्रुअरीमा सु ची नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि उहाँलाई पक्राउ गरी विभिन्न आरोपमा जेल चलान गरेको थियो । उक्त घटनापछि म्यानमामा गृहयुद्ध चर्किएको छ ।

सैन्य सरकारले गराएको सीमित र नियन्त्रित निर्वाचनपछि अप्रिलमा सैन्य प्रमुख मिन आङ ह्लाइङलाई नागरिक राष्ट्रपति बनाइएको थियो । त्यसको केही समयपछि उहाँले सु चीको बाँकी सजाय घटाएर उहाँलाई घरमै नजरबन्दमा राख्ने निर्णय गर्नुभएको थियो ।

८१ वर्षीया सु चीमाथि लगाइएका विभिन्न आरोपलाई अधिकारवादी समूहले राजनीतिक उद्देश्यबाट प्रेरित र बनावटी भएको बताउँदै आएका छन् ।

राष्ट्रपति कार्यालयले सार्वजनिक गरेका तस्बिरमा सु चीले डे बाक जस्तै देखिने एक व्यक्तिसँग हात मिलाइरहेको देखिन्छ । अर्को तस्बिरमा उहाँले जन्मदिनको केक काटिरहेको देखाइएको छ भने एउटा केकमा ‘ह्याप्पी बर्थडे आन्टी सु’ लेखिएको देखिन्छ ।

एएफपीले ती तस्बिरको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । यद्यपि, कृत्रिम बुद्धिमत्ता (एआई) उपकरणमार्फत गरिएको प्रारम्भिक परीक्षणमा तस्बिरहरूमा कृत्रिम हेरफेर गरिएको स्पष्ट प्रमाण नभेटिएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी