दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

  • सोमवार, साउन १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1K
    SHARES

दक्षिण कोरियामा जुन महिनामा अनलाइन किनमेल कारोबार दोहोरो अङ्कले बढेको सरकारी तथ्याङ्कले देखाएको छ । कार र मोबाइल उपकरणको अनलाइन खरिदमा आएको उल्लेखनीय वृद्धिका कारण कुल अनलाइन बिक्री बढेको हो ।

दक्षिण कोरियाको तथ्याङ्क मन्त्रालयका अनुसार, जुन महिनामा अनलाइन किनमेलको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० नजरबन्द सात प्रतिशतले वृद्धि भई २४ दशमलव ६१ ट्रिलियन वन (करिब १७.२ अर्ब अमेरिकी डलर) पुगेको छ ।

अमेरिकी विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाका मोडलहरूको अनलाइन खरिद बढेसँगै कार तथा कारका सहायक सामग्रीको अनलाइन बिक्री ५६ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, नयाँ स्मार्टफोन बजारमा आएसँगै मोबाइल उपकरणको अनलाइन माग १४४ दशमलव चार प्रतिशतले बढेको छ । खाद्य तथा पेय पदार्थ, घरायसी उपकरण, कम्प्युटर, कृषि उत्पादन तथा संस्कृति र मनोरञ्जनसम्बन्धी सेवाको अनलाइन कारोबारमा पनि दोहोरो अङ्कको वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

कफी र केकजस्ता उपहार ई–कुपनमार्फत प्रदान गर्ने चलन बढेसँगै ई–कुपन सेवाको अनलाइन कारोबार १२ प्रतिशतले बढेको छ ।

स्मार्टफोन, ट्याब्लेटलगायत मोबाइल उपकरणमार्फत गरिने किनमेलको कारोबार वार्षिक आधारमा नौ दशमलव आठ प्रतिशतले बढेर जुन महिनामा १८ दशमलव ९३ ट्रिलियन वन पुगेको छ । यो कुल अनलाइन किनमेल कारोबारको ७६ दशमलव नौ प्रतिशत हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी