चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

  • आइतवार, साउन १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 665
    SHARES

उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनिक गरेको विवरणअनुसार घटनाको एक सातापछि मृतकको सङ्ख्या अद्यावधिक गरिएको हो ।
जुलाई २६ मा दिनभरका लागि क्याम्पिङ गर्ने पर्यटकमाझ लोकप्रिय ‘सुवाङशिमेन सिनिक एरिया’मा अचानक बाढी पसेको थियो । घटनापछि सुरुमा १० जनाको मृत्यु भएको र २३ जना घाइते भएको जानकारी दिइएको थियो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रिय विपद् रोकथाम आयोगले घटनाको अनुसन्धानको निगरानी गर्ने घोषणा गरेपछि मृतकको अद्यावधिक विवरण सार्वजनिक गरिएको हो ।

दक्षिणी गान्सु प्रान्तको पहाडी क्षेत्रमा रहेको सुवाङशिमेन प्राकृतिक ढुङ्गाका तोरण, उच्च पहाडी घाँसे मैदान र पहाडी खोलानालाका लागि परिचित पर्यटकीय क्षेत्र हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा पाल र सवारीसाधन राखिएको उपत्यकाबाट तीव्र गतिमा बाढी बगिरहेको देखिएको थियो ।

यस गर्मीयाममा चीन चरम मौसमी घटनाबाट प्रभावित बनेको छ । जुलाई महिनामा हुबेई प्रान्तमा आएको आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको थियो । त्यस्तै, दक्षिणी ग्वाङसी क्षेत्रमा भारी वर्षापछि बाँध भत्किँदा छ जनाको मृत्यु भएको र एक लाख ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

यसैगरी, गान्सु प्रान्तकै दाङचाङ काउन्टीमा गएको पहिरोमा परी जुलाईमा २१ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी