सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

  • शुक्रबार, साउन १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा १८ आप्रवासीको मृत्यु भएको छ । हजारौँ आप्रवासीले एकैपटक सीमा पार गरेपछि स्पेनले क्षेत्रमा सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय सङ्कटमा परिणत भएको अधिकारीहरूले बताएका छन् ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शुक्रबार गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्कासँगै घटनास्थल सेउटाको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

सिभिल गार्ड अधिकारीहरूको प्रतिनिधित्व गर्ने स्थानीय श्रमिक सङ्घका प्रमुख रचिद स्बिहीले हजारौँ आप्रवासी अझै पनि सीमा पार गरेर सेउटा प्रवेश गरिरहेको बताउँदै अहिले परिचालित थप सुरक्षा तथा उद्धार टोली मुख्यतः घाइतेको उपचार र मानवीय सहायता उपलब्ध गराउन केन्द्रित रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार आश्रयको अभावमा साथमा अभिभावक नभएका बालबालिकासहित हजारौँ आप्रवासी पार्क, सडक र फुटपाथमा रात बिताउन बाध्य भएका छन् भने धेरैजना उद्देश्यविहीन रूपमा सडकमा भौतारिरहेका छन् । उहाँले परिस्थितिलाई ‘अव्यवस्थित र गम्भीर मानवीय सङ्कट’ को संज्ञा दिनुभयो ।

स्बिहीका अनुसार मृत्यु भएका १८ जनामध्ये अधिकांशको समुद्रमा डुबेर मृत्यु भएको हो । केहीको भने समुद्री अवरोध (ब्रेकवाटर) को पर्खाल पार गर्ने क्रममा भएको भागदौडमा ज्यान गएको बताइएको छ ।

बिहीबार सार्वजनिक भिडियोमा मुख्यतः मोरक्कोका नागरिक रहेको ठूलो भीड समुद्री अवरोध (ब्रेकवाटर) पार गर्दै सेउटा प्रवेश गरिरहेको देखिएको छ । तीमध्ये अधिकांश युवा पुरुष भए पनि महिला तथा साना बालबालिकासहितका परिवार पनि रहेका थिए । केही आप्रवासीले ‘भिभा एस्पाना’ भन्दै नारा लगाएको दृश्य पनि देखिएको छ ।

यति ठूलो सङ्ख्यामा आप्रवासी एकैपटक सेउटा प्रवेश गर्न किन प्रयासरत भए भन्ने कारण भने तत्काल स्पष्ट हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी