नेतन्याहु र जेलेन्स्की अमेरिकी भ्रमणमा: ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग छुट्टाछुट्टै भेटवार्ता हुँदै

नेतन्याहु र जेलेन्स्की अमेरिकी भ्रमणमा: ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग छुट्टाछुट्टै भेटवार्ता हुँदै

  • मङ्लबार, साउन १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

मिर्मिरे अनलाइन साउन १२, काठमाडौँ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अमेरिकाको भ्रमणमा निस्किएका छन्। दुवै नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा छुट्टाछुट्टै भेटघाट गर्ने कार्यक्रम रहेको छ।

इरान र सुरक्षा रणनीतिमा नेतन्याहुको जोड

सोमबार अमेरिका प्रस्थान गर्नुअघि इजरायली प्रधानमन्त्री नेतन्याहुले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत ट्रम्पको दोस्रो कार्यकालमा यो उहाँसँगको आठौँ भेटवार्ता हुने जानकारी दिएका छन्। उनले यस भेटलाई ठूलो सम्मान र जिम्मेवारीको रूपमा लिएको बताए।

वार्ताका क्रममा इरानसहितका प्रमुख क्षेत्रीय विषय, इजरायलको सुरक्षा सुदृढीकरण र क्षेत्रमा शान्तिको दायरा विस्तार गर्नेबारे छलफल हुनेछ। भ्रमणका क्रममा नेतन्याहुले इजरायलका हितैषी मानिने दिवंगत अमेरिकी सिनेटर लिन्डसे ग्राहमप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि रहेको छ।

अमेरिकी सहयोग सुदृढ गर्दै जेलेन्स्की

अर्कोतर्फ युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि मङ्गलबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्दैछन्। रूसले ऊर्जा पूर्वाधार र क्षेप्यास्त्र आक्रमण तीव्र पारिरहेका बेला युक्रेनले सैन्य सहयोगलाई निरन्तरता दिन यो भ्रमण आयोजना गरेको हो।

हालै टर्कीमा सम्पन्न नाटो शिखर सम्मेलनका क्रममा ट्रम्प र जेलेन्स्कीबीच भएको वार्तापछि दुई देशको सम्बन्धमा सुधार आएको छ। ट्रम्पले युक्रेनलाई आफ्नै देशमा ‘प्याट्रियट’ मिसाइल निर्माण गर्न लाइसेन्स दिने र युक्रेन निर्मित ड्रोन खरिद गर्ने प्रस्तावको समर्थन गरेका छन्।

यसैबीच, जेलेन्स्कीले रुसमा आगामी सेप्टेम्बर २१ मा हुने ‘स्टेट डुमा’ निर्वाचनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले थप ३ देखि ५ लाख सैन्य टोली परिचालन (मोबिलाइजेसन) गर्ने तयारी गरिरहेको गुप्तचर प्रतिवेदन सार्वजनिक गर्दै पश्चिमा देशहरूलाई रुसविरुद्ध थप कडा प्रतिबन्ध लगाउन आग्रह गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी