मध्यपूर्व द्वन्द्वका कारण २६ हजार भारतीय उडान प्रभावित

मध्यपूर्व द्वन्द्वका कारण २६ हजार भारतीय उडान प्रभावित

  • बिहिबार, साउन ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

अमेरिका–इरानबीचको जारी द्वन्द्वले देशको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रलाई गम्भीर रूपमा प्रभावित गरेको भारतको संघीय सरकारले बिहीबार जानकारी गराएको छ । सरकारका अनुसार युद्ध सुरू भएदेखि जुलाई २० तारिखसम्म करिब २६ हजार उडानहरू प्रभावित भएका छन् ।

उडान मार्ग परिवर्तन गर्नुपर्दा र उडान अवधि लम्बिँदा सञ्चालन खर्च बढेको कारण भारतीय वायुसेवा कम्पनीहरूलाई ठूलो राजस्व घाटा भएको सरकारले जनाएको छ ।

यो जानकारी भारतीय संसदको तल्लो सदन (लोकसभा) मा सङ्घीय उड्डयनमन्त्री मुरलीधर मोहोलले दिनुभएको हो ।

उहाँले भन्नुभयो, “मध्यपूर्वमा द्वन्द्वबाट उत्पन्न जोखिमलाई ध्यानमा राख्दै भारतको नागरिक उड्डयन नियामक निकायले यात्रु, चालक दल र विमानको सुरक्षाका लागि धेरै पटक सुझाव जारी गरेको छ ।

मन्त्रीले सरकारले उड्डयन क्षेत्रलाई सहयोग गर्न र हवाई यात्रालाई किफायती राख्नका लागि विभिन्न कदम चालेको बताउनुभयो । यात्रुहरूलाई कमभन्दा कम असुविधा होस् भन्नका लागि सरकारले २४ घण्टा सञ्चालन हुने यात्री सहायता नियन्त्रण कक्ष स्थापना गरेको, एयरलाइन्सलाई रिफन्ड र पुनः तालिका मिलाउन निर्देशन दिएको, विमानस्थलका सहायता कक्षलाई सक्रिय एवं बलियो बनाएको र प्रभावित भारतीय नागरिकहरूलाई सहयोग गर्न परराष्ट्र मन्त्रालयसँग समन्वय गरेको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी