‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा

‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा

  • बिहिबार, साउन ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

हूथी विद्रोहीद्वारा ‘रेड सी’ क्षेत्रमा जहाजमाथि गरेको आक्रमण रोक्न युरोपेली सङ्घका प्रमुख कूटनीतिज्ञ काजा कल्लासले बिहीबार माग गर्नुभएको छ। इरान समर्थित यमनी हुथी विद्रोहीहरूले साउदी जहाजमा आक्रमण गरेपछि उहाँको यो भनाइ आएको हो ।

“रेड सीमा एउटा तेल ट्याङ्करमाथिको आक्रमण अस्वीकार्य, अवैध र क्षेत्रीय अस्थिरतालाई थप बढाउने कार्य हो,“ इयूका विदेश नीति प्रमुख कल्लासले एक विज्ञप्ति जारी गरी आक्रमणको विरोध गर्नुभएको छ।

“हुथीहरूले अन्तर्राष्ट्रिय ढुवानी र समुद्री कर्मीहरूको ज्यान जोखिममा पार्ने सबै क्रियाकलाप तुरुन्त रोक्नुपर्छ,“ उनले थपिन् ।

रेड सीमा साउदी ढुवानीमाथिको यो आक्रमणले मध्यपूर्वमा चलिरहेको युद्धलाई नयाँ तरङ्ग ल्याएको छ र यसले तेलको मूल्यमा उछाल ल्याएको छ।

यो हप्ताको सुरुतिर हूथीहरूले साउदी बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गरेपछि दुईवटा साउदी तेल ट्याङ्करमा आक्रमण गरेको दाबी गरेका थिए।

कल्लासले रेड सीको महत्वपूर्ण जलमार्गमा जहाजहरूलाई सुरक्षित रूपमा पार गराउन तैनाथ इयूको नौसेना मिसन ‘सबैका लागि नौवहन स्वतन्त्रताको रक्षा गर्न दृढतापूर्वक प्रतिबद्ध रहेको’ बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी