युक्रेन युद्धबारे अमेरिका र रुसका कूटनीतिज्ञबीच मनिलामा छलफल

युक्रेन युद्धबारे अमेरिका र रुसका कूटनीतिज्ञबीच मनिलामा छलफल

  • बिहिबार, साउन ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 969
    SHARES

मनिलामा दक्षिणपूर्वी एसियाली नेताहरूको शिखर सम्मेलनको अवसरमा बिहीबार भएको बैठकमा शीर्ष अमेरिकी र रूसी कूटनीतिज्ञहरूले युक्रेन युद्धको बारेमा छलफल गरेको बताइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वर्षौं लामो युद्धको अन्त्य गर्ने उद्देश्यले रोकिएका वार्तालाई पुनर्जीवित गर्ने प्रयासमा अमेरिकी दूतहरूसँग छलफल गरेको बताउनु भएको छ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को बैठकका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभ दुवै फिलिपिन्समा रहेको जनाइएको छ ।

अमेरिकी विदेश मन्त्रतालयले थप विवरणहरू उल्लेख नगरी दुवैले “अमेरिका र रूस सम्बन्धका साथै रूस र युक्रेन युद्ध अन्त्य गर्ने आवश्यकताको बारेमा छलफल गरेको बताइएको छ ।

उनीहरूले मध्यपूर्वको द्वन्द्वबारे पनि छलफल गर्ने अपेक्षा गरिएको थियो, जसमा मस्कोले आफ्नो सहयोगी इरान माथि वासिङ्टनले गरेको आक्रमणको निन्दा गरेको छ ।

युक्रेनको युद्धले रूस र संयुक्त राज्य अमेरिकाको अन्य विषयहरूमा सहमति गर्ने क्षमतालाईसमेत बाधा पुरÞ्याएको रुबियोले पत्रकारहरूसँगको साक्षतकारमा उल्लेख गर्नु भएको छ ।

सम्भावित सहयोगका अन्य क्षेत्रहरू तथा उपायहरु खोज्न तयार रहेको जनाउँदै उहाँले आफुहरु यो युद्ध समाप्त भएको हेर्न चाहेको बताउनुभएको छ ।

पछिल्लो समयमा युक्रेनमा द्वन्द्व अन्त्य गर्ने उद्देश्यका छलफलहरू रोकिएको तथा अमेरिकाको ध्यान अब मध्य पूर्वमा केन्द्रित रहेको जनाइएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा अमेरिकी दूतहरू स्टीभ विटकोफ र जारेड कुशनरसँग “कूटनीति कसरी पुनर्जीवित गर्ने भन्ने बारे महत्त्वपूर्ण छलफल गरेको जनाइएको छ ।

यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गरी लामो दूरीको ड्रोन आक्रमणको युक्रेनको अभियानलाई समर्थन गर्दै यसले द्वन्द्वको अन्त्य गर्न मद्दत गर्न सक्ने बताउनु भएको छ ।

पछिल्लो समयमा युक्रेनले समुद्रमा प्रशोदित तेल डिपोहरू र कार्गो जहाजहरूलाई लक्षित गर्दै आफ्नो ड्रोन आक्रमणहरू बढाइरहेको छ, जसको कारणले रूसमा इन्धनको अभाव निम्त्याएको जनाइएको छ ।

जुनको अन्त्यमा युक्रेनको राजधानी किएभमा रूसी क्षेप्यास्त्र र ड्रोनले प्रहार गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको जनाइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी