इरानमाथि अमेरिकाको लगातार ११औँ रात हवाई हमला, मध्यपूर्वमा तनाव चुलिँदो

इरानमाथि अमेरिकाको लगातार ११औँ रात हवाई हमला, मध्यपूर्वमा तनाव चुलिँदो

  • बुधबार, साउन ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

काठमाडौँ। अमेरिकाले इरानमाथि आफ्नो हवाई आक्रमणलाई थप तीव्र पारेको छ। युद्धविराम भङ्ग भएयता अमेरिकाले मंगलबार राति लगातार ११औँ दिन पनि इरानका विभिन्न सहरहरूलाई निशाना बनाएर भीषण हमला गरेको हो।

पछिल्लो चरणको यो हवाई आक्रमण एक घण्टाभन्दा बढी समयसम्म चलेको थियो। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार हर्मुज स्ट्रेटमा व्यावसायिक जहाजहरूको आवागमनमा इरानले पुर्‍याउन सक्ने अवरोध र क्षमतालाई कमजोर पार्न यो कारबाही गरिएको हो। आक्रमणमा इरानका विमान ह्याङ्गर, ड्रोन भण्डार र सञ्चालन केन्द्रहरूलाई ध्वस्त पारिएको दाबी अमेरिकाको छ।

उता इरानी अधिकारीहरूले पनि देशका चाबहार, कोनारक, तब्रिज, बेहबहान र ओमिदिएह क्षेत्रमा एकसाथ हमला भएको पुष्टि गरेका छन्।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको शङ्कास्पद आणविक स्थल ‘पिकाक्स माउन्टेन’ मा चाँडै नै अझ ठुलो र भीषण आक्रमण हुन सक्ने चेतावनी दिनुभएको छ। अमेरिकी आक्रमण नरोकिए मध्यपूर्वमा युद्ध अझ भयानक रूपमा चर्किने चेतावनी इरानले दिएको छ। लगातारको यो द्वन्द्वले गर्दा यस क्षेत्रमा तनाव चरम सीमामा पुगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी