भेनेजुयलाः भूकम्पको भग्नावशेषबाट चार हप्तापछि बिरालोको उद्धार, थप जीवत प्राणी उद्धारका लागि ‘आशा’ को सङ्केत

भेनेजुयलाः भूकम्पको भग्नावशेषबाट चार हप्तापछि बिरालोको उद्धार, थप जीवत प्राणी उद्धारका लागि ‘आशा’ को सङ्केत

  • आइतवार, साउन ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

भेनेजुएलामा शनिबार एक बिरालोलाई भत्किएको आवासीय भवनको भग्नावशेष मुनिबाट कमजोर अवस्थामा उद्धार गरिएको छ । उद्धारकर्ताले यसलाई मृत्यु भएको भूकम्पपछिको अवस्थामा थप जीवनको लागि ‘आशाको किरण’ भनेका छन्।

गत जुन २४ मा दक्षिण अमेरिकी राष्ट्रमा आएका लगातारका भूकम्पबाट पाँच हजार १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । भूकम्पका कारण तटीय राज्य ला गुएरा सबैभन्दा बढी प्रभावित भएको थियो ।

स्वयंसेवी उद्धारक आन्द्रेस कार्भाजालले ला गुएराको एक आवासीय भवनमा खोजी गर्दा उक्त बिरालो भेटिएको थियो । विरालो भेटिएको भवन पूरै भग्नावशेषमा परिणत भएको थियो ।

“हामीले बिरालोलाई देख्यौं, तर यो डराएर भवनभित्र थप गहिरो भागमा गएको थियो,” कार्भाजालले एएफपीलाई बताउनुभयो । यो कहिले फसेको हो भन्ने स्पष्ट छैन ।

“म गएँ, मेरो पन्जा खोलेँ र मेरो हातमा बिरालोको खाना राखेँ । यसले बिस्तारै नजिक आयो र अत्यन्तै हतास भएर खायो,” विश्वविद्यालयका २१ वर्षीय छात्र कार्भाजालले भन्नुभयो ।

कार्भाजालले भेनेजुयली भाषामा ‘एल गाटो’ अर्थात् बिरालो लेखिएको हेलमेट लगाउने गर्नुभएको थियो र संयोगबस उहाँले नै बिरालोलाई करिब एक महिनापछि भग्नावशेषबाट निकाल्ने सौभाग्य मिलेको छ । उहाँले यो आफ्नो बाल्यकालदेखिको उपनाम भएको बताउनुभयो ।

उहाँ काराकासस्थित भेनेजुएला केन्द्रीय विश्वविद्यालयका अन्य विद्यार्थीहरूले उद्धार कार्यमा सहयोग गर्नका लागि गठन गरेको एक समितिका प्रमुख पनि हुनुहुन्छ ।

उद्धार भएपछि उक्त बिरालोलाई भेटेरिनरी चिकित्सकहरू तयारी अवस्थामा रहेको सानो क्याम्पमा हस्तान्तरण गरियो। त्यहाँ यसलाई तरल पदार्थ खान दिइयो र सफा गरियो, त्यसपछि यसका वासस्थानतर्फ पठाइयो ।

“हामीले यसलाई फेला पारेकोमा म निकै खुसी छु,” कार्भाजालले भन्नुभयो ।

उहाँले भन्नुभयो, “यहाँ रहेको कुनै पनि जीवनप्रति सहानुभूति नहुन असम्भव छ । यो सानो बिरालोको उद्धारले साङ्केतिक रूपमा भग्नावशेषमा अझै पनि जीवितहरूलाई फेला पार्ने ‘आशा’ मरिनसकेको पुष्टि गर्छ । उद्धार प्रयासलाई निरन्तरता दिन प्रोत्साहन गर्छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी