अमेरिकी शान्ति प्रयास ‘भाषणबाजी’ मात्र भएको इरानी राजदूतको टिप्पणी

अमेरिकी शान्ति प्रयास ‘भाषणबाजी’ मात्र भएको इरानी राजदूतको टिप्पणी

  • आइतवार, साउन ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES
iran-america

पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरि मोघादामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने वासिङ्टनको इच्छाशक्तिमा कमी रहेको आरोप लगाउनुभएको छ ।

उहाँले अमेरिकी शान्ति प्रयास व्यवहारमा नभई केवल भाषणमा सीमित रहेको टिप्पणी गर्नुभयो ।

समाजिक सञ्जाल ‘एक्स’मा गरिएका शृङ्खलाबद्ध पोस्टमार्फत राजदूत मोघादामले अमेरिकी पक्षले कूटनीतिक प्रतिबद्धता पूरा गर्ने इच्छा वा नियत नदेखाएको आरोप लगाउनुभयो ।

“समझदारीपत्र (एमओयू) उल्लङ्घन गर्न अमेरिकी पक्षले ६० दिन पनि कुर्न नचाहनुले कुनै पनि सम्झौता सफल बनाउन आवश्यक गम्भीरता, दृढता, इच्छाशक्ति र नियतको अभाव देखाउँछ,” उहाँले लेख्नुभएको छ ।

मोघादामले अमेरिकालाई शान्ति र स्थिरताको वास्ता नगरेको आरोप लगाउँदै उसका शान्तिसम्बन्धी आह्वान केवल भाषणबाजीमा सीमित भएको दाबी गर्नुभयो ।

राजदूतले वासिङ्टनको वास्तविक उद्देश्य सम्झौता गर्नु नभई कुनै पनि माध्यमबाट अस्थिरता सिर्जना गर्नु रहेको आरोप लगाउनुभयो ।

इरानप्रति अमेरिकाको विगतको नीतिको चर्चा गर्दै मोघादामले राष्ट्रपति डोनाल्ड ट्रम्पले समकालीन कूटनीतिक इतिहासका दुई महत्वपूर्ण उपलब्धि नष्ट गरेको बताउनुभयो । उहाँले सन् २०१५को इरान आणविक सम्झौताबाट अमेरिकाको बहिर्गमन र पाकिस्तानको मध्यस्थतामा भएको समझदारीपत्र कार्यान्वयनसम्बन्धी विवादलाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो ।

पाकिस्तानको मध्यस्थतामा भएको उक्त समझदारी पत्रको कार्यान्वयनलाई लिएर पुनः तनाव बढिरहेका बेला इरानी राजदूतको यस्तो भनाइ आएको हो ।

यस विषयमा अमेरिकी पक्षले भने हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी