द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दैः युनेस्को

द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दैः युनेस्को

  • शनिबार, साउन २, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

संयुक्त राष्ट्रसङ्घले बाइबलीय साइट, लेबनानी महल, एन्टिलोप माइग्रेसन मार्ग लगायत युद्ध वा जलवायु परिवर्तनका कारण खतरामा परेको विश्वका स्थानको रूपमा सूचीबद्ध गर्ने तयारी गरेको जनाइएको छ ।

संयुक्त राष्टसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का १९६ सदस्य राष्ट्रहरूले दक्षिण कोरियाको बुसानमा भेला हुँदा आगामी हप्ता शुक्रबार देखि यसको विश्व सम्पदा र खतरामा रहेको विश्व सम्पदा सूचीमा नयाँ थपका लागि मतदान गर्ने छन् ।

युनेस्कोको विश्व सम्पदा केन्द्रका निर्देशक लाजारे एलोन्डो असोमोलाई उदृत गर्दै यी स्थानहरु महत्त्वपूर्ण भएकाले तिनीहरूको विनाश रोक्नका लागि आवाश्यक कार्य गर्ने तयारी भएको जनाएको छ ।

सम्पदाको सुरक्षाले आघातमा परेका समुदायहरू, द्वन्द्वका सिकारहरूलाई फिर्ता आउन र पुनर्निर्माण गर्न अनुमति दिएको उहाँले बताउनु भएको छ हाल सम्म विश्वभरका करिब एह हजार २०० स्थानहरु युनेस्को विश्व सम्पदा सुचिमा सूचीबद्ध छन् ।

खतराको सुचिमा रहेका तीनवटा स्थानहरूको सूचीमा सिधै मतदान हुने अपेक्षा गरिएको छ ।

यसमा वेस्ट ब्याङ्कको इजरायली–अधिकृत प्यालेस्टिनी क्षेत्रमा बाइबलीय सामरियाका रूपमा पहिचान गरिएको सेबेस्टियाको पुरातात्विक स्थल समावेश हुने आकलन गरिएको छ ।

साथै दक्षिण लेबनानमा पाँच वटा महलहरूलाई प्राथमिकता दिइने जनाइएको छ ।

युनेस्कोका सदस्यहरूले दक्षिण सुडानको बोमा–बाडिडिलो घाँसे मैदान र वुडल्याण्ड सवान्नाहहरूलाई युद्ध र जलवायु परिवर्तन दुवैबाट खतरामा परेको रूपमा सिधै सूचीबद्ध गर्न मतदान गर्ने जनाइएको छ ।

प्रदूषण, सामूहिक पर्यटन, र कम पानीको स्तरबाट हुने क्षति रोक्न सङ्घर्ष गरिरहेको रूसमा अवस्थि, विश्वको सबैभन्दा गहिरो ताल–बैकाल ताल–पनि खतरामा पर्ने सक्ने अधिकारीहरूले बताएका छन्

यसै गरी ब्राजिलको अमेजन जङ्गल र ट्युनिसियाको सिदी बोउ सइद गाउँमा बनेका दुईवटा थिएटरहरू पनि सूचीबद्ध हुने सम्भावना रहेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी