अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको अमेरिकी दाबी ‘पूर्ण कपोलकल्पित’ : चीन

अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको अमेरिकी दाबी ‘पूर्ण कपोलकल्पित’ : चीन

  • शुक्रबार, साउन १, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनको तथ्याङ्कमा हस्तक्षेप गरेको बताएपछि शुक्रबार बेइजिङले आरोप ‘कपोल कल्पित’ भएको भन्दै यसको खण्डन गरेको छ ।

‘मिडटर्म’ निर्वाचनअघि ट्रम्पले मतदाता ठगीबारे आफ्नो पुरानो र आधारहीन दाबीलाई पुनः जीवित गर्नुभएको छ । धेरैले यसले उहाँलाई थप विवादित बनाउने अपेक्षा गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पले बिहीबार ह्वाइट हाउसमा गरेको सम्बोधनमा अमेरिकी निर्वाचन प्रणाली खतरनाक रूपमा जोखिममा रहेको बताउनुभएको थियो भने उहाँले कानुन निर्माताहरूलाई मतदानमा नयाँ प्रतिबन्धहरू लागू गर्न आह्वान गर्नुभयो । यद्यपि उहाँको आफ्नै रिपब्लिकन पार्टीभित्र पनि यी उपायहरूबारे खासै रुचि राखेको देखिएको छैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले अवैध रूपमा २२ करोड मतदाता फाइलहरू प्राप्त गरेको देखाउने खुफिया जानकारीलाई वर्गीकरण नगर्ने पनि बताउनुभयो ।

“अमेरिकी पक्षबाट गरिएका सम्बन्धित दाबीहरू पूर्ण रूपमा कपोल कल्पित र दुर्भावनापूर्ण आरोपहरू हुन् जुन पहिले नै आधारहीन साबित भइसकेका छन्,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले ट्रम्पको पछिल्लो दाबीबारे सोध्दा पत्रकार सम्मेलनमा भन्नुभयो ।

“चीनलाई अमेरिकी निर्वाचनमा कुनै चासो छैन र कहिल्यै हस्तक्षेप गरेको छैन,” लिनले भन्नुभयो ।

“कसले नियमित रूपमा अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बानी राख्छ भन्ने अन्तर्राष्ट्रिय समुदायले स्पष्ट रूपमा देखेको छ,” उहाँले भन्नुभयो ।

“हामी अमेरिकी पक्षलाई आफ्नो कार्यको आत्मनिरीक्षण गर्न, चीनमाथि आधारहीन आरोप लगाउन बन्द गर्न, आफ्नो निर्वाचनबारेमा चीनलाई मुद्दा बनाउन रोक्न र चीन–अमेरिका सम्बन्धलाई फाइदा पु¥याउने काम गर्न आह्वान गर्दछौँ,“ उहाँले थप्नुभयो ।

सन् २०२० को निर्वाचनमा धाँधली भएको ट्रम्पको दाबी कहिल्यै प्रमाणित भएको छैन। करिब ६० भन्दा बढी मुद्दाहरूमा कुनै अदालतले निर्वाचनको नतिजा बदल्न सक्ने ठगी भएको फैसला गरेको छैन । पुनःगणना, अडिट र उहाँको आफ्नै न्याय विभागले पनि यस्तो केही फेला पारको पाइदैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी