परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

  • बिहिबार, असार ३२, २०८३
  • मिर्मिरे अनलाइन

  • 722
    SHARES

काठमाडौँ, ३२ असारः परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, परराष्ट्रसचिव अमृतबहादुरराईसँग पनि उहाँले आजै भेट गर्नुभयो । भेटमा नेपाल–भारतबीच जारी द्विपक्षीय सहयोगको प्रगतिबारे समीक्षा गर्दै प्राथमिकताका क्षेत्रहरूमा साझा कार्यसूचीलाई अगाडि बढाउने विषयमा विचारविमर्श भएको थियो ।

नेपाल–भारतबीचको दीर्घकालीन मित्रता र बहुआयामिक साझेदारीप्रति पुनः प्रतिबद्धता व्यक्त गर्दै संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउने तथा उच्चस्तरीय सम्पर्क र संवादको निरन्तरतालाई कायम राख्ने उपायबारे पनि छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ