अमेरिकाद्वारा इरानका सैन्य ठेगानामा शक्तिशाली हवाई आक्रमण

अमेरिकाद्वारा इरानका सैन्य ठेगानामा शक्तिशाली हवाई आक्रमण

  • आइतवार, असार २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ, २८ असार । अमेरिकाले शनिबार राति इरानका विभिन्न सैन्य ठेगानाहरूलाई लक्षित गरी शक्तिशाली हवाई आक्रमण (एयरस्ट्राइक) गरेको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार इरानको आणविक सहर बुशेहरसहित असालुयेह, बन्दर–ए–देयर, जास्क र चाबहारमा रहेका सैन्य अखडाहरूलाई निशाना बनाइएको हो। इरानी सञ्चारमाध्यमहरूले पनि यी क्षेत्रहरूमा ठूला विस्फोटनहरू भएको पुष्टि गरेका छन्।

विश्वकै महत्त्वपूर्ण व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा साइप्रसको झण्डा अंकित एक व्यावसायिक कन्टेनर जहाजमाथि इरानले आक्रमण गरेपछि त्यसको जवाफमा यो कारबाही गरिएको अमेरिकाले जनाएको छ। सेन्टकमका अनुसार इरानी आक्रमणका कारण उक्त जहाजमा आगलागी हुनुका साथै इन्जिनमा गम्भीर क्षति पुगेको छ भने चालक दलका एक सदस्य अझै बेपत्ता छन्।

यता, अमेरिकी आक्रमणपछि इरानले कडा जवाफी कारबाहीको चेतावनी दिएको छ। इरानी विदेश मन्त्रालयका सल्लाहकार अली सफारीले अमेरिकी हमलाको उचित जवाफ दिइने स्पष्ट पारेका छन्। यसैबीच, इरानले उक्त क्षेत्रमा अमेरिकी सैन्य हस्तक्षेप पूर्ण रूपमा अन्त्य नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’ अनिश्चितकालका लागि बन्द रहने घोषणा समेत गरेको छ। यो घोषणासँगै खाडी क्षेत्रमा युद्धको खतरा थप चुलिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी