निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै

निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै

  • आइतवार, असार १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

जनकपुरधाम, १४ असारः मधेस प्रदेशमा जारी निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल एपिएफ क्लब र कोशी प्रदेश भिड्दैछ । पर्साको वीरगञ्जस्थित टिबी शाह क्रिकेट मैदानमा आज उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।

कोशी प्रदेशले बागमती प्रदेशलाई आठ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएपछि ‘रनरेट’का आधारमा नेपाल एपिएफ क्लब फाइनलमा स्थान सुरक्षित गरेको छ ।

मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयोजनमा सुरु भएको प्रतियोगितामा सात वटा प्रदेश र विभागीय टोली एपिएफ गरी आठ टोलीको सहभागिता छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी