स्विट्जरल्याण्ड वार्तामा तनाव: ट्रम्पको चेतावनीपछि इरानी टोलीद्वारा बैठक बहिस्कार गरेको दाबी

स्विट्जरल्याण्ड वार्तामा तनाव: ट्रम्पको चेतावनीपछि इरानी टोलीद्वारा बैठक बहिस्कार गरेको दाबी

  • सोमवार, असार ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

स्विट्जरल्याण्डमा जारी अमेरिका-इरान उच्चस्तरीय वार्तामा आइतबार अचानक गम्भीर तनाव उत्पन्न भएको छ। इरानको सरकारी सञ्चारमाध्यम ‘तस्निम न्यूज एजेन्सीका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपूर्ण अभिव्यक्तिप्रति आपत्ति जनाउँदै इरानी वार्ता टोलीले बैठक बीचमै रोकेको हो।

मध्यस्थकर्ता मुलुक कतारको प्रतिनिधिमण्डलसँगको संक्षिप्त भेटवार्ता लगत्तै इरानी टोली अमेरिकाका प्रतिनिधिहरूसँग वार्ता भइरहेको भवनबाट बाहिरिएको दाबी गरिएको छ। पूर्वनिर्धारित कार्यतालिका अनुसार दुवै पक्षबीच ‘ह्यान्डशेक’ (हात मिलाउने) र संयुक्त तस्विर खिचाउने (जइन्ट फोटो सेसन) कार्यक्रम तय भए तापनि तनाव बढेपछि इरानी टोलीले त्यसमा सहभागी हुन अस्वीकार गरेको थियो। हिजबुल्लाह र सैन्य आक्रमणको धम्कीतस्निम न्यूज एजेन्सीका अनुसार वार्ता औपचारिक रूपमा सुरु हुनु ठीक अगाडि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई कडा चेतावनी दिएका थिए।

ट्रम्पले इरानलाई लेबनानमा सक्रिय सशस्त्र समूह हिजबुल्लाहलाई गरिरहेको सहयोग तत्काल रोक्न आग्रह गरेका थिए। त्यसो नगरेको खण्डमा इरानमाथि पुनः सैन्य आक्रमण गर्ने धम्की ट्रम्पले दिएको समाचारमा उल्लेख छ।

अमेरिकी राष्ट्रपतिको उक्त भनाइ लगत्तै इरानी वार्ता टोलीको नेतृत्व गरिरहेका मोहम्मद बाघेर गालिबाफले इरान अमेरिकी धम्कीबाट नडराउने प्रष्ट पारेका थिए।

उनले इरानले कुनै पनि दबाब वा सैन्य धम्कीका अगाडि आफ्नो क्षेत्रीय नीति परिवर्तन नगर्ने अडान लिएका छन्। अर्कोतर्फ, स्विट्जरल्याण्डमै रहेका एक उच्च अमेरिकी अधिकारीले भने इरानी सञ्चारमाध्यमको उक्त दाबी पूर्णतः गलत र निराधार भएको बताएका छन्। अमेरिकी प्रशासनका अनुसार इरानी प्रतिनिधिमण्डल अझै पनि वार्ताका लागि स्विट्जरल्याण्डमै उपलब्ध छ र उनीहरूले मध्यस्थकर्ता मुलुकहरूसमक्ष वार्ता छोडेर जाने वा बहिस्कार गर्ने कुनै औपचारिक जानकारी गराएका छैनन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी