इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावितः संयुक्त राष्ट्रसङ्घ

इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावितः संयुक्त राष्ट्रसङ्घ

  • शनिबार, जेष्ठ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES
war

दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपत्कालीन उद्धार कार्य तथा राहत सामग्री वितरणमा गम्भीर अवरोध सिर्जना भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालयका अनुसार, बिहीबार दक्षिणी लेबनानको नाबाटिये क्षेत्रमा भएको आक्रमणले मार्जायौन जिल्लाको एक प्रमुख सडकमा क्षति पुर्‍याएको छ । उक्त सडक घाइतेहरूको उद्धार, राहतकर्मीहरूको आवतजावत तथा सर्वसाधारणलाई अत्यावश्यक वस्तु तथा सेवामा पहुँच पुर्‍याउन महत्वपूर्ण मानिन्छ ।

स्थानीय स्रोतहरूका अनुसार, दक्षिणी क्षेत्रको माराकाह नगरपालिकामा भएको छुट्टाछुट्टै हवाई आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । साथै, अल–बस प्यालेस्टिनी शरणार्थी शिविरमा तीन जनाको ज्यान गएको र करिब ३७ जना घाइते भएका छन् ।

बारम्बार जारी गरिएका विस्थापन आदेशका कारण धेरै परिवारहरू घर छोड्न बाध्य भएका छन्। सुरक्षा अवस्था परिवर्तन भइरहँदा उनीहरू पुनः फर्किने र फेरि विस्थापित हुने अवस्था दोहोरिएको छ । टायर सहरका आश्रयस्थलहरू भरिइसकेको बताइएको छ भने धेरै विस्थापित परिवारहरू उत्तरतर्फ सर्न थालेका छन् ।

संयुक्त राष्ट्रसङ्घले चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि आफ्ना साझेदार संस्थामार्फत देशभर जीवनरक्षक सहायता उपलब्ध गराइरहेको जनाएको छ । मार्च २ यता विश्व खाद्य कार्यक्रम र साझेदार संस्थाहरूले द्वन्द्व प्रभावित समुदायलाई एक करोड १० लाखभन्दा बढी तातो तथा चिसो भोजन वितरण गरेका छन् । साथै, शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय र साझेदारहरूले विस्थापित परिवारलाई एक लाख ७० हजारभन्दा बढी कम्बल र एक लाख ३० हजार गद्दा उपलब्ध गराएका छन् ।

लेबनानका लागि संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक इमरान रिजाले देशभर बढ्दो हिंसा र विस्थापन आदेशका कारण समुदायहरूमा परेको असरप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले विस्थापन आदेश जारी भएका क्षेत्रबाट भाग्ने क्रममा सर्वसाधारण पनि हवाई आक्रमणको सिकार बनेको जानकारी प्राप्त भएको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार, लेबनानी सरकारी तथ्याङ्कले मार्च २ यता कम्तीमा ३ हजार ३५५ जनाको मृत्यु भएको र १० हजार ९५ जना घाइते भएको देखाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी