होर्मुज जलडमरूमध्यबाट जहाजहरूलाई सुरक्षित मार्गदर्शन गर्न अमेरिकी सैन्य अभियान सुरु

होर्मुज जलडमरूमध्यबाट जहाजहरूलाई सुरक्षित मार्गदर्शन गर्न अमेरिकी सैन्य अभियान सुरु

  • सोमवार, बैशाख २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

अमेरिकी सेन्ट्रल कमान्ड (सीइएनटीसीओएम) ले आइतबार जानकारी दिँदै सोमबारदेखि होर्मुज जलडमरूमध्य हुँदै जाने व्यापारी जहाजहरूलाई सुरक्षित रूपमा मार्गदर्शन गर्ने अभियान सुरु गरिने जनाएको छ ।

सीइएनटीसीओएमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा ‘प्रोजेक्ट फ्रीडम’ नामक पहल कार्यान्वयन गर्न लागिएको हो, जसको उद्देश्य महत्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार मार्गबाट जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नु हो ।

यस अभियानअन्तर्गत अमेरिकी सेनाले गाइडेड मिसाइल डिस्ट्रोयर (नियन्त्रित क्षेप्यास्त्र युद्धपोत), १०० भन्दा बढी जमिन तथा समुद्री आधारका विमान, बहु–क्षेत्रीय मानवविहीन प्रणाली (ड्रोन) र करिब १५ हजार सैनिक परिचालन गर्ने विज्ञप्तिमा भनिएको छ ।

सीइएनटीसीओएमले अनुसार गत हप्ता अमेरिकी विदेश मन्त्रालयले घोषणा गरेको ‘म्यारिटाइम फ्रीडम कन्स्ट्रक्ट’ नामक पहल पनि यस अभियानका लागि महत्वपूर्ण रहने उल्लेख गरेको छ । उक्त पहलले होर्मुज जलडमरूमध्यको सुरक्षा सम्बन्धी सूचना आदान–प्रदानलाई सुदृढ बनाउने र कूटनीतिक प्रयास तथा सैन्य समन्वयलाई संयोजन गर्ने लक्ष्य राखेको छ ।

होर्मुज जलडमरूमध्य विश्वको एक अत्यन्त महत्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिन्छ, जहाँबाट ठूलो मात्रामा तेल तथा व्यापारिक सामग्रीहरूको ढुवानी हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी