अमेरिका–इरान युद्ध समाप्त भएको राष्ट्रपति ट्रम्पको घोषणा, संसदलाई दिए जानकारी

अमेरिका–इरान युद्ध समाप्त भएको राष्ट्रपति ट्रम्पको घोषणा, संसदलाई दिए जानकारी

  • शनिबार, बैशाख १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी युद्ध आधिकारिक रूपमा समाप्त भएको घोषणा गर्नुभएको छ । युद्ध सञ्चालनको ६० दिने कानुनी समयसीमा समाप्त भएसँगै ट्रम्पले अमेरिकी संसद (कांग्रेस) लाई यसबारे औपचारिक जानकारी गराउनुभएको हो ।

सांसदहरूलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “गत अप्रिल ७, २०२६ पछि अमेरिका र इरानबीच कुनै पनि गोली हानाहान भएको छैन । फेब्रुअरी २८ देखि सुरु भएको शत्रुता अब समाप्त भएको छ ।”

अमेरिकाको सन् १९७३ को ‘वार पावर्स रिजोल्युसन’ अनुसार राष्ट्रपतिले सैन्य कारबाही सुरु गरेको ६० दिनभित्र संसदबाट अनुमोदन गराउनुपर्ने वा कारबाही अन्त्य गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही प्रावधानअनुसार मे १ मा समयसीमा सकिएपछि ट्रम्पले युद्ध अन्त्यको पत्र पठाउनुभएको हो ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ बाट इरानविरुद्ध सैन्य अभियान सुरु गरेका थिए ।

युद्ध समाप्त भएको घोषणा गरे तापनि राष्ट्रपति ट्रम्पले इरानसँगको वर्तमान अवस्थाप्रति भने असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

इरानी नेतृत्व अहिले विभाजित र असंगठित रहेको ट्रम्पको दाबी छ । इरानमा कसले निर्णय लिइरहेको छ भन्ने स्पष्ट नभएकाले वार्ता प्रक्रिया जटिल बनेको उहाँले बताउनुभयो ।

“के हामी पूर्ण रूपमा आक्रमण गरेर यसलाई सधैँका लागि सिध्याइदिने वा सम्झौताको प्रयास गर्ने ? मानवीय आधारमा म पहिलो विकल्पको पक्षमा छैन,” ट्रम्पले भन्नुभयो ।

ट्रम्पले इरानसँग वार्ताका लागि ढोका खुला रहेको तर हालसम्मका प्रस्तावहरू चित्तबुझ्दो नभएको उल्लेख गर्नुभएको छ । यदि कूटनीतिक प्रयासहरू सफल नभएमा पुनः सैन्य विकल्प प्रयोग हुनसक्ने चेतावनीसमेत उहाँले दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी