पत्रकारसँगको डिनर कार्यक्रममा गोली चल्यो, डोनाल्ड ट्रम्पलाई सुरक्षित रूपमा निकालियो

पत्रकारसँगको डिनर कार्यक्रममा गोली चल्यो, डोनाल्ड ट्रम्पलाई सुरक्षित रूपमा निकालियो

  • आइतवार, बैशाख १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

वैशाख १३,एेजेन्सी। अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसका संवाददाताहरूको ‘डिनर कार्यक्रम’ बाहिर गोली चलेकाे छ । गाेली चलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षित रूपमा निकालिएको छ।

शनिबार साँझ वाशिङ्टन हिल्टन होटलमा आयोजित उक्त कार्यक्रममा राष्ट्रपति ट्रम्प र प्रथम महिला बसेको स्थान बाहिर गोली चलेको आवाज आएपछि उनलाई तुरुन्तै त्यहाँबाट निकालिएको थियो।

ट्रम्पले ट्रुथ साेसलमा पोस्ट गर्दै आफू र आफ्नो मन्त्रिपरिषद् सदस्यहरू सुरक्षित रहेको र चाँडै ह्वाइट हाउसबाट पत्रकार सम्मेलन गर्ने बताएका छन्। ‘प्रथम महिला, उपराष्ट्रपति र सबै मन्त्रिपरिषद् सदस्यहरू पूर्ण रूपमा सुरक्षित छन्,’ ट्रम्पले भनेका छन्।

घटनास्थलका दृश्यहरूमा गोली चलेपछि ट्रम्प र अन्य सहभागीहरू टेबल पछाडि लुकेर बसेका देखिन्छन्, जहाँ मानिसहरूले ‘तल झर्नुहोस्’ र ‘तलै बस्नुहोस्’ भन्दै कराइरहेका थिए।

त्यसपछि ट्रम्पलाई सिक्रेट सर्भिस एजेन्टहरूले तुरुन्तै त्यहाँबाट निकाले र भारी हतियारसहितका सुरक्षाकर्मीहरूले उक्त स्थानलाई घेरेका थिए।

अल जजीराका निर्माता क्रिस सेरिडनले आफूले बलरुम बाहिर करिब पाँच राउन्ड गोली चलेको सुनेको बताएका छन्। ‘हामीले बारुदको गन्ध महसुस गर्यौं। हामी तुरुन्तै भुइँमा लड्यौं। त्यो मेरो ठीक पछाडि थियो,’ उनले भने, ‘म कति टाढा थियो भन्न सक्दिनँ, तर त्यो बलरुमको प्रवेशद्वार पछाडिको ढोकाबाट आएको थियो भन्ने निश्चित थियो।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी