इरानका विदेशमन्त्री अराघची पाकिस्तानमा: ‘अमेरिकासँग वार्ताको कुनै योजना छैन’

इरानका विदेशमन्त्री अराघची पाकिस्तानमा: ‘अमेरिकासँग वार्ताको कुनै योजना छैन’

  • शनिबार, बैशाख १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

इस्लामावाद: इरानका विदेशमन्त्री अब्बास अराघची उच्चस्तरीय टोलीको नेतृत्व गर्दै पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन्। शुक्रबार ढिलो गरी इस्लामावाद आइपुगेका अराघचीलाई पाकिस्तानका विदेशमन्त्री इशाक डार र सेना प्रमुख जनरल असिम मुनिरले स्वागत गरेका थिए।

अराघचीको यो भ्रमण यस्तो समयमा भएको छ, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत र ज्वाइँ जेरेड कुश्नरलाई पाकिस्तान पठाउने घोषणा गरेका छन्। यसले इरान र अमेरिकाबीच पाकिस्तानको मध्यस्थतामा वार्ता हुन लागेको अनुमान गरिए पनि इरानले त्यसलाई ठाडै अस्वीकार गरेको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सामाजिक सञ्जाल ‘X’ मार्फत स्पष्ट पारेका छन् कि यो भ्रमणको उद्देश्य क्षेत्रीय शान्ति र अमेरिकाद्वारा लादिएको युद्ध अन्त्यका लागि परामर्श गर्नु मात्र हो। उनले लेखेका छन्, “इस्लामावाद भ्रमणका क्रममा इरान र अमेरिकाबीच कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष बैठकको योजना छैन।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी