होर्मुज स्ट्रेट पार गर्ने जहाजबाट इरानले पहिलोपटक संकलन गर्‍यो ट्रान्जिट शुल्क

होर्मुज स्ट्रेट पार गर्ने जहाजबाट इरानले पहिलोपटक संकलन गर्‍यो ट्रान्जिट शुल्क

  • शुक्रबार, बैशाख ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

तेहरान — इरानले होर्मुज स्ट्रेट (Strait of Hormuz) भएर आवतजावत गर्ने विदेशी जहाजहरूबाट पहिलोपटक ट्रान्जिट शुल्क संकलन गरी सरकारी कोषमा जम्मा गरेको छ। इरानी संसदका उपसभामुख हमिदरेजा हाजिबाबेईले उक्त शुल्कबापतको पहिलो आम्दानी इरानको केन्द्रीय बैंकमा जम्मा भइसकेको जानकारी दिएका छन्।

लोरेस्तान प्रान्तमा आयोजित एक कार्यक्रममा बोल्दै हाजिबाबेईले होर्मुज स्ट्रेट इरानको स्वामित्वमा रहेको र यस मार्गबाट जाने सबै जहाजहरूले इरानी राष्ट्रिय मुद्रा ‘रियाल’ मा शुल्क तिर्नुपर्ने बताए। विश्वको झन्डै २० प्रतिशत तेल र ३५ प्रतिशत ग्यास यही मार्ग भएर आपूर्ति हुने उल्लेख गर्दै उनले यस जलमार्गमा इरानको नियन्त्रण हुनुले अन्तर्राष्ट्रिय अर्थतन्त्रमा इरानको महत्वपूर्ण भूमिका रहने दाबी गरे।

उपसभामुख हाजिबाबेईले होर्मुज स्ट्रेटमाथिको यो पकडलाई ‘प्रतिरोधको ठूलो उपलब्धि’ का रूपमा चित्रण गरे। उनले इरानको डरका कारण अमेरिकाले आफ्ना जहाजहरूलाई २०० किलोमिटर पछि हटाउन बाध्य भएको समेत बताए।

यसैबीच, इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (IRGC) को नौसेनाले बुधबार नियम उल्लंघन गर्ने दुईवटा जहाजलाई नियन्त्रणमा लिएको घोषणा गरेको छ। नियन्त्रणमा लिइएका जहाजहरूमा ‘MSC-FRANCESCA’ र ‘EPAMINODES’ रहेका छन्।

इरानी अधिकारीहरूका अनुसार यी जहाजहरूले आधिकारिक अनुमति विना सञ्चालन गरेको, पटक-पटक नियम उल्लंघन गरेको र समुद्री सुरक्षामा खतरा पुग्ने गरी नेभिगेसन प्रणालीमा फेरबदल गरेको पाइएको छ। ‘MSC-FRANCESCA’ जहाज इजरायली पक्षसँग सम्बन्धित रहेको बताइएको छ। इरानले आवश्यक परेमा आगामी दिनमा नियम उल्लंघन गर्ने थप जहाजहरूलाई पनि नियन्त्रणमा लिन सक्ने चेतावनी दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी