दक्षिणी लेबनानमा इजरायली आक्रमण: एक महिला पत्रकारको मृत्यु, अर्की गम्भीर घाइते

दक्षिणी लेबनानमा इजरायली आक्रमण: एक महिला पत्रकारको मृत्यु, अर्की गम्भीर घाइते

  • बिहिबार, बैशाख १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

लेबनान – दक्षिणी लेबनानको अत-तिरी सहरमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा परी एक जना पत्रकारको मृत्यु भएको छ भने अर्की एक जना गम्भीर घाइते भएकी छन्। इजरायली सेनाले पत्रकारहरूलाई लक्षित गरी लगातार आक्रमण गर्दा उक्त हताहती भएको लेबनानी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

प्राप्त जानकारी अनुसार, पत्रकारद्वय अमल खलिल र जेनब फराज इजरायली हमलामा मारिएका दुई सर्वसाधारणको समाचार संकलनका लागि घटनास्थल पुगेका थिए। समाचार संकलनकै क्रममा इजरायली सेनाले उनीहरूलाई लक्षित गरी पुनः हवाई आक्रमण सुरु गरेको थियो। ज्यान जोगाउन उनीहरूले विभिन्न घरहरूमा ओत लिए पनि इजरायली सेनाले ‘पछ्याउँदै’ आक्रमण जारी राखेको स्वास्थ्य मन्त्रालयको दाबी छ।

घटनास्थलमा करिब एक घण्टाभन्दा बढी समय थुनिएका पत्रकारहरूसम्म पुग्न उद्धारकर्मीहरूलाई निकै हम्मे-हम्मे परेको थियो। इजरायली सेनाले पहुँच मार्गहरूमा समेत बमबारी गरेपछि लेबनानी रेडक्रसको टोली ढिलो गरी मात्र घटनास्थल पुग्न सफल भएको थियो।

उद्धार टोलीले गम्भीर घाइते जेनब फराजलाई एम्बुलेन्समा राख्ने क्रममा इजरायली सेनाले पुनः ‘स्टन ग्रेनेड’ र गोली प्रहार गरेको थियो। आक्रमण तीव्र भएपछि उद्धार टोली घाइतेलाई लिएर तत्काल सुरक्षित स्थानतर्फ जान बाध्य भएको थियो, जसका कारण बेपत्ता रहेकी अर्की पत्रकार अमल खलिलको खोजीमा ढिलाइ भएको थियो।

धेरै घण्टाको पर्खाइ र सुरक्षा सुनिश्चितता पछि लेबनानी सेना, नागरिक रक्षा र रेडक्रसको संयुक्त टोलीले पुनः खोजी कार्य सुरु गरेको थियो। राति अबेर गरिएको खोजीका क्रममा पत्रकार अमल खलिलको मृत शरीर फेला परेको हो।

घाइते पत्रकार जेनब फराजको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकहरूका अनुसार उनको अवस्था गम्भीर रहे पनि स्थिर छ।

पत्रकारहरूमाथि गरिएको यो लक्षित आक्रमणको लेबनानी सरकार र विभिन्न अन्तर्राष्ट्रिय पत्रकार संगठनहरूले कडा शब्दमा निन्दा गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी