ईरानको कडा चेतावनी: “हाम्रा पावर प्लान्ट छोए विश्वको एक तिहाई तेल आपूर्ति ध्वस्त पारिदिनेछौँ”

ईरानको कडा चेतावनी: “हाम्रा पावर प्लान्ट छोए विश्वको एक तिहाई तेल आपूर्ति ध्वस्त पारिदिनेछौँ”

  • सोमवार, बैशाख ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

तेहरान | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानका भौतिक पूर्वाधारहरू विनाश गर्ने धम्की दिएपछि ईरानको शक्तिशाली सैन्य दस्ता ‘इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स’ले कडा प्रतिक्रिया दिएको छ।

ईरानले यदि अमेरिकाले आफ्नो देशका पावर प्लान्ट वा अन्य पूर्वाधारमा आक्रमण गरेमा विश्वभर हाहाकार मच्चिने गरी जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।

IRGC सम्बद्ध तस्नीम न्युज एजेन्सीका अनुसार, अमेरिकाले ईरानमाथि हमला गरेमा ईरानले खाडी मुलुकका प्रमुख तेल सुविधाहरूलाई निशाना बनाउनेछ। ईरानले भनेको छ:

अरामको र फुजैरामा आक्रमण: साउदी अरबको ‘अरामको’ र ‘ियानबु’ आयल फेसिलिटी तथा युएईको ‘फुजैरा’ पाइपलाइनलाई ध्वस्त पार्ने योजना।

विश्वव्यापी तेल संकट: यी क्षेत्रमा आक्रमण गरी विश्वको एक तिहाई (३३%) तेल आपूर्ति ठप्प पार्ने र विश्व अर्थतन्त्रलाई धराशायी बनाउने चेतावनी।

अमेरिकी सहयोगीलाई क्षति: अमेरिकाको साथ दिने छिमेकी राष्ट्रहरूले पनि यसको भारी मूल्य चुकाउनुपर्ने।

राष्ट्रपति ट्रम्पले आइतबार मात्रै ईरानसँगको सम्झौता असफल भएमा त्यहाँका पुल र पावर प्लान्टहरू नष्ट गरिदिने धम्की दिएका थिए। उनले आफ्ना प्रतिनिधि जेडी भेन्सलाई वार्ताका लागि पाकिस्तान पठाउन लागेको र एउटा ‘राम्रो डिल’ अफर गरिरहेको बताएका छन्।

तर, ईरानले भने अमेरिकी नौसैनिक नाकाबन्दी नहटेसम्म कुनै पनि वार्तामा सहभागी नहुने स्पष्ट पारेको छ। ईरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकईले सोमबार भनेका छन्, “अहिलेका लागि दोस्रो चरणको वार्ताको कुनै योजना छैन।”

ईरानले अमेरिकी नौसेनाले आफ्ना बन्दरगाहहरूमा गरेको घेराबन्दीलाई ‘सहमतिहरूको उल्लंघन’ भनेको छ। ईरानका अनुसार जबसम्म समुद्रमा अमेरिकी सेनाको दादागिरी रहन्छ, तबसम्म कूटनीतिक टेबलमा वार्ता सम्भव छैन।

इस्लामाबादमा सुरक्षा व्यवस्था कडा पारिए पनि ईरानको सहभागीताबारे अन्योल कायम हुँदा मध्यपूर्वमा युद्धको कालो बादल झन् गाढा भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी