इरानद्वारा होर्मुज जलडमरूमध्य खुला: २८ फेब्रुअरीदेखि रोकिएका ८०० जहाजले निकास पाउने

इरानद्वारा होर्मुज जलडमरूमध्य खुला: २८ फेब्रुअरीदेखि रोकिएका ८०० जहाजले निकास पाउने

  • शुक्रबार, बैशाख ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

तेहरान इरानले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने ‘होर्मुज जलडमरूमध्य’ (Strait of Hormuz) लाई सबै व्यावसायिक जहाजका लागि पूर्ण रूपमा खुला गरेको घोषणा गरेको छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले बिहीबारदेखि लागू भएको इजरायल-लेबनान युद्धविरामको बाँकी १० दिनको अवधिसम्मका लागि यो मार्ग खोलिएको जानकारी दिनुभएको हो।

गत फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले गरेको हवाई हमलापछि यो मार्ग तनावपूर्ण बनेको थियो। जसका कारण फारसको खाडीमा करिब ८०० जहाजहरू र २०,००० भन्दा बढी कर्मचारीहरू एक महिनादेखि अलपत्र परेका थिए।

अलपत्र परेका जहाजहरूमा १८७ भन्दा बढी तेल ट्याङ्करहरू रहेका छन्। यो मार्ग बन्द हुँदा विश्वभर ऊर्जा संकट चुलिएको थियो। अब इरानको यो निर्णयसँगै ती जहाजहरूले आफ्नो यात्रा पूरा गर्न पाउनेछन्।

इरानले लेबनानमा युद्धविराम नभएसम्म यो मार्ग नखोल्ने अडान राखेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० दिने युद्धविरामको घोषणा गरेसँगै इरानले यो कदम चालेको हो।

इरानी विदेश मन्त्री अराघचीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भन्नुभएको छ, “लेबनानमा भएको युद्धविरामको भावनालाई कदर गर्दै होर्मुज जलडमरूमध्यबाट सबै व्यावसायिक जहाजहरूलाई मार्ग प्रशस्त गरिएको छ। यो मार्ग इरानको बन्दरगाह र सामुद्रिक संगठनले तोकेको समन्वयकारी रुटमै आधारित हुनेछ।”

यो मार्ग खुलेसँगै अन्तर्राष्ट्रिय व्यापार र विशेषगरी इन्धन आपूर्तिमा सहजता आउने अपेक्षा गरिएको छ। यद्यपि, यो खुला रहने अवधि हाललाई १० दिनका लागि मात्र तय गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी