वार्ता असफल भएपछि ट्रम्पको कडा चेतावनी: इरानविरुद्ध नौसैनिक नाकाबन्दी गर्ने ?

वार्ता असफल भएपछि ट्रम्पको कडा चेतावनी: इरानविरुद्ध नौसैनिक नाकाबन्दी गर्ने ?

  • आइतवार, चैत्र २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौँ | इरान र अमेरिकाबीच पाकिस्तानको इस्लामावादमा भएको उच्चस्तरीय वार्ता बिना निष्कर्ष टुङ्गिएपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ। वार्ता असफल भएको २४ घण्टा नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ‘नौसैनिक नाकाबन्दी’ गर्ने संकेत दिएका छन्।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरानले अमेरिकी सर्तहरू नमानेमा समुद्री मार्ग ठप्प पार्ने चेतावनी दिएका हुन्। ट्रम्पले साझा गरेको एक लेखमा यसलाई ‘राष्ट्रपतिको तुरुपको पत्ता’ भनिएको छ। यो कदमको मुख्य उद्देश्य इरानको तेल निर्यात र बाह्य व्यापारलाई पूर्ण रूपमा रोकेर उसको अर्थतन्त्र धराशायी बनाउनु हो।

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले इरानसँगको वार्तामा कुनै सहमति हुन नसकेको र इरानले अमेरिकी सर्तहरू अस्वीकार गरेको पुष्टि गर्दै इस्लामावादबाट बाहिरिएका थिए।

ट्रम्प प्रशासनले इरानविरुद्ध ‘वेनेजुएला मोडल’ अपनाउन खोजेको विश्लेषण गरिएको छ। यसै वर्षको सुरुमा वेनेजुएलामा सैन्य कारबाही गर्नुअघि अमेरिकाले महिनाौंसम्म समुद्री नाकाबन्दी गरेको थियो। सो क्रममा तेल बोकेका ट्याङ्करहरू बीच समुद्रमै कब्जा गरिएको थियो। इरानको हकमा पनि यही रणनीति दोहोर्याएर उसलाई घुँडा टेकाउने ट्रम्पको योजना रहेको बुझिएको छ।

यस नाकाबन्दीले इरानलाई मात्र नभई उसका ठूला व्यापारिक साझेदार भारत र चीनलाई पनि प्रत्यक्ष असर गर्ने देखिएको छ। ट्रम्पले साझा गरेको लेखमा उल्लेख भए अनुसार, यदि अमेरिकाले इरानी समुद्रमा नाकाबन्दी गरेमा इरानबाट तेल आयात गर्ने भारत र चीनमाथि ठूलो दबाब पर्नेछ। यसले गर्दा विश्व बजारमा तेलको मूल्यमा अस्थिरता आउनुका साथै दक्षिण एसियाको भू-राजनीतिमा समेत गम्भीर प्रभाव पार्ने विश्लेषण गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी