४७ वर्षपछि अमेरिका र इरानबीच उच्च स्तरीय प्रत्यक्ष वार्ता

४७ वर्षपछि अमेरिका र इरानबीच उच्च स्तरीय प्रत्यक्ष वार्ता

  • शनिबार, चैत्र २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

एजेन्सी । सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक संयुक्त राज्य अमेरिका र इरानका शीर्ष नेताहरूबीच ऐतिहासिक प्रत्यक्ष वार्ता सुरु भएको छ। पाकिस्तानको राजधानी इस्लामावादमा शनिबार भएको युद्धविराम वार्ताको पहिलो चरण करिब २ घण्टासम्म चलेको छ।

वार्ताका क्रममा इरानले लेबनानमा भइरहेको इजरायली सैन्य कारबाहीलाई तत्काल रोक्नुपर्ने मागलाई प्रमुखताका साथ उठाएको छ। बैठकमा दुवै पक्षका विज्ञहरूले सुरक्षा, राजनीति, सैन्य रणनीति, विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय कानुनका जटिल विषयहरूमा केन्द्रित रहेर छलफल गरेका छन्।
यस महत्वपूर्ण कुराकानीमा अमेरिकी टोलीको नेतृत्व उप-राष्ट्रपति जेडी भेन्सले गरेका थिए भने इरानी टोलीको नेतृत्व संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले गरेका थिए। कूटनीतिक क्षेत्रमा यस भेटलाई दशकौँदेखिको तिक्ततापूर्ण सम्बन्धमा आएको एउटा ठूलो परिवर्तनका रूपमा हेरिएको छ।

इरानी पक्षले वार्ता सकारात्मक निष्कर्षमा नपुगेको खण्डमा त्यसको जिम्मेवारी इजरायलसँगै अमेरिकाले पनि लिनुपर्ने स्पष्ट पारेको छ। इजरायल र अमेरिकाको कूटनीतिक एवं सैन्य निर्णयहरू आपसमा जोडिएकाले वार्ता विफल भएमा त्यसको दोष अमेरिकामाथि पनि जाने इरानको दाबी रहेको छ।

सन् १९७९ को क्रान्तिपछि दुई देशका यति उच्च तहका नेताहरू औपचारिक रूपमा एउटै टेबुलमा बसेको यो पहिलो अवसर हो। आइतबार पनि जारी रहने सम्भावना रहेको यो वार्ताले पश्चिम एसियाको भविष्य र जारी युद्धको स्वरूप तय गर्ने विश्वास गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी