लेवनानमा युद्ध बिराम उलघन गर्दै ईजरायलको आक्रमण, २५४ बढी नागरिकको एकै दिन हत्या

लेवनानमा युद्ध बिराम उलघन गर्दै ईजरायलको आक्रमण, २५४ बढी नागरिकको एकै दिन हत्या

  • बिहिबार, चैत्र २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

ईरान अमेरीकासँग भएको युद्ध विरामको उलंघन गर्दै ईजरायलले लेवनानमा ठूलो आक्रमण गरी एकै दिन २५४ नागरिकको हत्या गरेको छ । यो आक्रमणको सँयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । एकै दिनको हमलामा ११ सय बढी नागरिक घाईते भएका छन् ।

लेबनानी नागरिक रक्षा निकायका अनुसार राजधानी बेरुत र अन्य क्षेत्रमा भएको यो हालसम्मकै ठूलो आक्रमण हो ।
गत मार्च २ देखि जारी यस द्वन्द्वमा अहिलेसम्म कूल १,७३९ जनाको मृत्यु भइसकेको छ भने ५,८७३ घाइते भएका छन् ।
अमेरिका र इरानबीच मंगलबार साँझ दुई हप्ताको युद्धविराम सम्झौता भएको थियो, जसलाई पाकिस्तानले मध्यस्थता गरेको थियो। यो सम्झौता बुधवार प्रभावकारी भएको थियो ।

तर, इस्राइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनान यो युद्धविरामको दायरामा नरहेको जिकिर गर्दै आक्रमण जारी राखेका छन् । यद्यपि सम्झौताको मध्यस्थकर्ता पाकिस्तानले लेबनान पनि युद्धविराममा समावेश रहेको बताएको थियो ।

यसैबीच, इरानको रिभोलुसनरी गार्डले लेबनानमा आक्रमण नरोके इस्राइललाई ुपछुतो हुने गरी प्रतिकृया दिइने चेतावनी दिएको छ । हिजबुल्लाहले पनि इस्राइलले युद्धविराम उल्लङ्घन गरेको भन्दै उत्तरी इस्राइलमा रकेट प्रहार गरेको छ ।

संयुक्त राष्ट्र महासचिव गुटेरेसले लेबनानमा जारी सैन्य गतिविधिले क्षेत्रीय शान्तिका लागि ुठूलो जोखिमु निम्त्याएको बताउँदै सबै पक्षलाई तत्काल शत्रुता अन्त्य गर्न आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी