इरान सम्झौताका लागि तयार नभए आजै राति ‘पुरै सभ्यता’ नष्ट हुने ट्रम्पको चेतावनी

इरान सम्झौताका लागि तयार नभए आजै राति ‘पुरै सभ्यता’ नष्ट हुने ट्रम्पको चेतावनी

  • मङ्लबार, चैत्र २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्बोधन गर्दै अत्यन्तै कडा र विनाशकारी चेतावनी दिएका छन्। इरान अमेरिकासँग सम्झौता गर्न तयार नभए आजै राति ‘पूरै सभ्यता’ नष्ट हुनसक्ने भन्दै ट्रम्पले सामाजिक सञ्जालमार्फत विश्वलाई नै झस्काउने सन्देश दिएका हुन्।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले लेखेका छन्, “पूरै सभ्यता आज राति नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन। म यस्तो होस् भन्ने चाहन्न, तर सम्भवतः त्यस्तै हुनेछ।”

ट्रम्पले इरानको वर्तमान शासन सत्ता अन्त्य हुनुपर्ने आशय व्यक्त गर्दै अबको केही घण्टा विश्व इतिहासकै सबैभन्दा महत्त्वपूर्ण क्षण हुने दाबी गरेका छन्। उनले भनेका छन्:

४७ वर्षको जबर्जस्ती, भ्रष्टाचार र मृत्युको शासन अब अन्त्य हुनेछ।

इरानमा कम उग्र र बुद्धिमान विचार भएका मानिसहरू हावी भएमा केही ‘अद्भुत’ कुरा हुन सक्छ।

यो विश्वको लामो र जटिल इतिहासकै सबैभन्दा महत्त्वपूर्ण मोड हो।

इरानको शासन सत्तालाई धम्की दिए पनि ट्रम्पले त्यहाँका जनताप्रति सहानुभूति देखाएका छन्। उनले आफ्नो पोस्टको अन्त्यमा लेखेका छन्, “भगवान् इरानका महान् जनतालाई आशीर्वाद दिनुहोस्।”

मध्यपूर्वमा इजरायल र इरानबीच बढ्दो तनाव र अमेरिकाको प्रत्यक्ष संलग्नताका बीच ट्रम्पको यो ‘मिडल नाइट’ चेतावनीले विश्व राजनीतिमा हलचल ल्याइदिएको छ। सम्भावित सैन्य कारबाही वा ठुलो राजनीतिक परिवर्तनको प्रतीक्षामा अहिले अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी