ट्रम्पको नयाँ धम्की , ईरानलाई एकै रातमा सिध्याउन सक्छु

ट्रम्पको नयाँ धम्की , ईरानलाई एकै रातमा सिध्याउन सक्छु

  • मङ्लबार, चैत्र २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

पश्चिम एसियामा बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई अहिलेसम्मकै भयावह धम्की दिएका छन्। ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले चाहेमा मात्र एक रातभित्रै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्ने दाबी गरेका हुन्।

उनले भने, “हामीसँग यस्तो सैन्य शक्ति छ कि इरानलाई एकै रातमा नामेट पार्न सक्छौँ, र त्यो रात भोलि नै पनि हुन सक्छ।” ट्रम्पको यो अभिव्यक्तिले विश्व राजनीतिमा नयाँ हलचल पैदा गरेको छ।
४५ दिने युद्ध विराम प्रस्ताव ईरानले अस्वीकार गरेपछि ट्रम्पको नयाँ धम्की आएको हो । यस अघि पनि उनले ईरानलाई अपशब्द र असभ्य भाषामा धम्की दिँदै ईरानी जनतालाई नर्कमा पुर्याउने चेतावनी दिएका थिए ।

ट्रम्पले हालै इरानी भूमिमा खसेका एक अमेरिकी पाइलटलाई बचाउन चलाइएको विशाल ‘रेस्क्यु अपरेसन’ को विवरण पनि सार्वजनिक गरे।

इरानको नियन्त्रण रहेको क्षेत्रमा खसेका पाइलटलाई बचाउन अमेरिकाले २०० सैनिक र २१ वटा अत्याधुनिक विमान परिचालन गरेको थियो।

उद्धारका क्रममा इरानी पक्षबाट भीषण गोलीबारी भएको थियो। सो क्रममा अमेरिकाले आफ्नो प्रविधि इरानको हातमा नपरोस् भनेर आफैँले एउटा विमान बम विष्फोट गराएर नष्ट गरेको ट्रम्पले खुलाए।

मिसन सफल भए पनि राष्ट्रपति ट्रम्प एउटा कुराले भने निकै आक्रोशित देखिएका छन्। यो संवेदनशील सैन्य अभियानको जानकारी पहिल्यै सार्वजनिक भएको भन्दै उनले सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएका छन्।

“यस्तो गोप्य जानकारी बाहिर आउनु राष्ट्रिय सुरक्षासँगको खेलवाड हो,” ट्रम्पले भने, “यसको कडा छानबिन हुनेछ र दोषीलाई कडा कारबाही गरिनेछ।”

ट्रम्पको यो बयानले तेल आपूर्ति गर्ने मुख्य मार्ग ‘होर्मुज जलडमरुमध्य’ (Strait of Hormuz) को तनावलाई थप चर्काएको छ। यसअघि नै उनले आगामी ४८ घण्टा इरानका लागि भारी हुने चेतावनी दिइसकेका छन्। इरानी राष्ट्रपतिले पनि यसको प्रतिवाद गर्ने बताएपछि खाडी मुलुकमा युद्धको बादल झनै मडारिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी