इरान र अमेरिकाबीच बढ्दो तनावका बीच अमेरिकी सेनाले इरानको नेपाली भूभागभित्रै छिरेर एक साहसिक ‘कम्ब्याट सर्च एन्ड रेस्क्यू’ (CSAR) मिशनमार्फत आफ्ना दोस्रो पाइलटलाई सुरक्षित निकाल्न सफल भएको छ। इरानी सुरक्षा बल (IRGC) र स्थानीय मिलिसियाहरूको घेराबन्दी तोड्दै अमेरिकी विशेष फौजले यो अपरेशन सम्पन्न गरेको हो।
अलजजीरासँग कुरा गर्दै एक अमेरिकी अधिकारीले यस मिशनलाई एउटा ‘नाटकीय कथा’को संज्ञा दिएका छन्। उनका अनुसार, अमेरिकी F-15E लडाकु विमान इरानी भूमिमा खसालिएपछि पाइलटले लगातार दुई दिनसम्म इरानी अधिकारीहरूलाई छक्याउँदै आफूलाई सुरक्षित राख्न सफल भएका थिए। इरानी सरकारले ती पाइलटलाई जिउँदो पक्राउ गर्नेलाई ५० हजार पाउन्ड इनामको घोषणा गरेको थियो भने सशस्त्र खानाबदोश र IRGC का टोलीहरूले जंगल र दुर्गम क्षेत्रमा उनको खोजी गरिरहेका थिए।
अँध्यारोमा सुरु, उज्यालोमा अन्त्य अमेरिकी अधिकारीका अनुसार यो उद्धार कार्य राति सुरु गरिएको थियो तर भीषण मुठभेडका कारण अपरेशन सकिँदा बिहान भइसकेको थियो। अमेरिकी कमान्डोहरू घटनास्थल पुग्दा इरानी सेना पाइलटको निकै नजिक पुगिसकेका थिए। दुवै पक्षबीच जबरदस्त गोलीबारी भएको र अमेरिकी सेनाले इरानी टोली पुग्नुभन्दा केही मिनेटअघि मात्र पाइलटलाई त्यहाँबाट निकाल्न सफल भएको बताइएको छ।
यस मिशनमा अमेरिकी सेनाको चर्चित ‘१६०औँ स्पेशल अपरेशन्स एभिएसन रेजिमेन्ट’ (नाइट स्टकर्स) संलग्न रहेको थियो। उद्धारका क्रममा इरानी पक्षले अमेरिकाका दुईवटा ‘ब्ल्याक हक’ हेलिकप्टरहरू खसालिदिएका छन्। यस्तै, प्राविधिक समस्याका कारण इरानकै एक दुर्गम बेसमा फसेका दुईवटा अमेरिकी ट्रान्सपोर्ट विमानलाई इरानी सेनाको हात पर्न नदिन अमेरिकी सेना आफैँले ध्वस्त पारेको थियो।
राष्ट्रपति ट्रम्पद्वारा पुष्टि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाइलटको सफल उद्धार भएको पुष्टि गर्दै यसलाई अमेरिकी इतिहासकै सबैभन्दा साहसी मिशनमध्ये एक भएको बताएका छन्। उनले पाइलट अहिले पूर्ण रूपमा सुरक्षित र स्वस्थ रहेको जानकारी दिएका छन्। यद्यपि, सुरक्षा र गोपनीयताका कारण उद्धार गरिएका पाइलट महिला वा पुरुष को हुन् भन्नेबारे अमेरिकाले केही खुलाएको छैन।
इरानी भूमिबाटै यसरी आफ्ना सैनिकलाई सुरक्षित निकालेर लैजानुलाई इरानी सैन्य संयन्त्रका लागि ठूलो धक्का र सुरक्षा कमजोरीका रूपमा हेरिएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कभ्स (IRGC) ले फार्स न्यूज एजेन्सीमार्फत दक्षिणी इसफाहान क्षेत्रमा एक अमेरिकी विमान खसालेको दाबी गरेको छ।
इरानका अनुसार उक्त विमान हराइरहेका अमेरिकी अधिकारीको खोजीमा संलग्न थियो।
सरकारी सञ्चारमाध्यमहरूले खेतबाट धुवाँ निस्किएको तस्बिर सार्वजनिक गर्दै यसलाई अमेरिकाको “असफलता लुकाउने प्रयास” भनेका छन्।