इरानले आफ्नो आकाशमा एकै दिई दुई वटा अमेरीकी ईजरायली लडाकु विमान खसालेको छ । शुक्रबार इरानले दुई सिटे एफ–१५ई स्ट्राइक इगल लडाकु विमान इरानभित्र खसालेको दाबी गरेको छ। उक्त विमानका एक चालकलाई उद्धार गरिएको भए पनि अर्का चालक अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एशोसिएटेड प्रेसले जनाएको छ।
पेन्टागनका अधिकारीहरूले लडाकू विमानमा रहेका अर्का चालकको अवस्था अज्ञात रहेको बताएका छन् ।
अर्को अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि इरानले पहिलो पटक एफ–१५ लडाकू विमान खसालेको उल्लेख गर्दै समाचार लेखेको छ।
शुक्रबार नै इरानले अर्को लडाकू विमान ए–१० वार्थहग खसालेको दाबी गरेको छ। उक्त लडाकू विमान कुवेतमा खसालेको दाबी गरेको छ। उक्त लडाकू विमानबाट भने पाइलटले प्यारासुटबाट हामफालेर ज्यान जोगाएको दाबी गरिएको छ।
एक अमेरिकी अधिकारीले उक्त लडाकू विमान खस्नुमा इरानी हमला कारक हो, होइन भन्ने पुष्टि नभएको भनेर एपीलाई बताएका छन्।
बेपत्ता रहेका एफ-१५ लडाकू विमानका चालकलाई खोजी गर्नका लागि दुइटा ब्ल्याकहक हेलिकप्टर परिचालन गरिएको थियो। यद्यपि त्यसमा समेत इरानी हमला भएपछि फर्किएको रोयटर्सले जनाएको छ। ती हेलिकप्टरहरू भने सुरक्षित रहेको जनाइएको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्स -आइआरजिसी) ले पनि विमान खसेको आसपास खोजी तीव्र पारेको छ। आइआरजिसीले बेपत्ता भएका व्यक्तिलाई फेला पार्ने वा मार्नेलाई पुरस्कार दिने घोषणा गरेको छ।
रोयटर्सका अनुसार ट्रम्प ह्वाइट हाउसमा बसेर उद्धार अभियानको नियमित अपडेट लिइरहेका छन्। इरानले दोस्रो एफ–३५ लडाकू विमानलाई खसालेको दावी गरेको थियो ।
इरानको सरकारी समाचार एजेन्सीले सो विमानको पाइलट जीवित रहने सम्भावना न्यून रहेको जनाएको छ। गत महिना पनि इरानले एउटा एफ-३५ लडाकू विमान खसालेको दाबी गरेको थियो।
ईरानी एयर डिफेन्स सिस्टम शक्तिशाली बनेपछि अमेरीका र ईजरायल भने तनावमा परेका छन् ।
ट्रम्पले यसअघि इरानलाई सम्पूर्ण रूपमा धराशायी बनाइसकेको दाबी गरेका थिए। यो घटनाले अमेरिका र इसराइलले इरानको आकाशमा नियन्त्रणमा लिएको र जहाँ मन लाग्यो त्यहाँ प्रहार गर्न सक्छ भन्ने दाबीमा प्रश्न चिह्न खडा भएको एपीले जनाएको छ।